साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि अग्रज कलाकार केके कर्माचार्य हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं, २०८०, २ फागुन । वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ कलाकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको माघ १७ गते गङ्गालाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। १५ औं पुण्य तिथि पारेर बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि अग्रज कलाकार केके कर्माचार्य, सभापति वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, विशिष्ट अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा,अग्रज कलाकारहरू – हरिप्रसाद शर्मा, मुकेश मल्ल, साहित्यकारहरू- गङ्गा पौडेल, डा. रमेश शुभेच्छु लगायतले हेम पौडेलको कलाकारिता र साहित्यबारे प्रकाश पार्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. रमेश शुभेच्छुले कलाकार पौडेलको जीवन र व्यक्तित्व एवम् सिर्जनात्मकताको विषयमा धारणा राख्नुभयो।

उहाँको विषयमा उहाँका सहपाठी अग्रज कलाकार हरिप्रसाद शर्माले केही सम्झना सुनाउनुभएको थियो। कार्यक्रममा मुकेश मल्ल, साहित्यकार एवम् हेम पौडेलकी धर्मपत्नी साहित्यकार गंगा पौडेलले उहाँको विषयमा धारणा राख्नुहुँदै श्रद्धाञ्जली अर्पण गर्नुभयो।

श्रद्धाञ्जली सभामा अवसरमा प्रा.डा देवी नेपाल, ओमप्रसाद कोइराला र रुपक राईले श्रद्धाञ्जली कविता वाचन गर्नुभएकाे थियो।

सो अवसरमा कविहरू- प्राडा देवी नेपाल,ओमप्रसाद कोइराला र रुपक राईले श्रद्धाञ्जली कविता वाचन गरेका थिए। निबन्ध आचार्यले सन्चालन गरेको सो श्रद्धाञ्जली सभामा ख्यातिप्राप्त कलाकार र साहित्यकारहरूको उपस्थिति रहेको थियो।

कुलपति हार्तम्छालीले नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानले पौडेलको एकल चित्रकला प्रदर्शनी गर्ने कुरा बताए। प्रमुख अतिथि कर्माचार्यले नेपालमा चराबारे पुस्तकहरू नभएकाले हेम पौडेल चरा चित्रप्रति आकर्षित भएको बताए । डा. रमेश शुभेच्छुले पौडेलको कवितासङ्ग्रह आउन लागेको बताएका थिए।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x