साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाँट्दै नढाँटी भन

Nepal Telecom ad

 height=कैयौं स्नातक सिन्धुपार खरका छानाहरू खोज्दछन्
कैयौं मास्टरले सदैव घरका तल्ला तला रोज्दछन्

तिम्रो शैक्षिक योग्यता कति रह्यो औंला समाती गन
नेताज्यू कसरी पुग्यौ महलमा ढाँट्दै नढाँटी भन
।१।
छर्रा बन्दुक सम्झिएर भतिजो तर्सिन्छ छाती पिटी
झस्किन्छिन् कलिला भिनाजु नहुँदा स्यूँदो पुछेकी दिदी
जन्मेका जति तन्दुरुस्त सब छन् सन्तान आफ्ना गन
नेताज्यू कसरी लड्यौ समरमा ढाँट्दै नढाँटी भन
।२।
फक्रेलान् जनजातिका तरुहरू भन्थ्यौ तिमी नै तर
नारा किन्तु समानुपातिक बन्यो आफन्त बोक्ने घर
हेर्दैमा विष फैलियो मुलुकमा हौ गिद्ध वा गोमन
नेताज्यू कसरी पुग्यौ सदनमा ढाँट्दै नढाँटी भन
।३।
गाईपालनले डुल्यो डलरमा पल्लाघरे साहिँलो
माछापालन गर्छ गन्छ रुपियाँ मल्ला घरे माहिलो
आम्दानी कसरी बढ्यो सहरमा के के गर्‍यौ पालन
नेताज्यू कसरी गुड्यौ सडकमा ढाँट्दै नढाँटी भन
।४।
धारा अंकित संविधान सुकिलो बोल्दैछ मेरो हक
तिम्रै भाषणको छ छन्दलयमा गोली तथा बन्दुक
गर्ला आगतको सफा समयले तिम्रो कथा मापन
नेताज्यू कसरी उड्यौ गगनमा ढाँट्दै नढाँटी भन
।५।
पञ्चेश्वर- ६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x