सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ढाँट्दै नढाँटी भन

Nepal Telecom ad

 height=कैयौं स्नातक सिन्धुपार खरका छानाहरू खोज्दछन्
कैयौं मास्टरले सदैव घरका तल्ला तला रोज्दछन्

तिम्रो शैक्षिक योग्यता कति रह्यो औंला समाती गन
नेताज्यू कसरी पुग्यौ महलमा ढाँट्दै नढाँटी भन
।१।
छर्रा बन्दुक सम्झिएर भतिजो तर्सिन्छ छाती पिटी
झस्किन्छिन् कलिला भिनाजु नहुँदा स्यूँदो पुछेकी दिदी
जन्मेका जति तन्दुरुस्त सब छन् सन्तान आफ्ना गन
नेताज्यू कसरी लड्यौ समरमा ढाँट्दै नढाँटी भन
।२।
फक्रेलान् जनजातिका तरुहरू भन्थ्यौ तिमी नै तर
नारा किन्तु समानुपातिक बन्यो आफन्त बोक्ने घर
हेर्दैमा विष फैलियो मुलुकमा हौ गिद्ध वा गोमन
नेताज्यू कसरी पुग्यौ सदनमा ढाँट्दै नढाँटी भन
।३।
गाईपालनले डुल्यो डलरमा पल्लाघरे साहिँलो
माछापालन गर्छ गन्छ रुपियाँ मल्ला घरे माहिलो
आम्दानी कसरी बढ्यो सहरमा के के गर्‍यौ पालन
नेताज्यू कसरी गुड्यौ सडकमा ढाँट्दै नढाँटी भन
।४।
धारा अंकित संविधान सुकिलो बोल्दैछ मेरो हक
तिम्रै भाषणको छ छन्दलयमा गोली तथा बन्दुक
गर्ला आगतको सफा समयले तिम्रो कथा मापन
नेताज्यू कसरी उड्यौ गगनमा ढाँट्दै नढाँटी भन
।५।
पञ्चेश्वर- ६, बिजुल, बैतडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला