साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतो

Nepal Telecom ad

हैजा परे टर्ला पखाला चले टर्ला,
यसपालि त लुतै आयो जे जे पर्ला पर्ला ।
खुट्टो कन्यायो टाउको चिलाइदिन्छ,
टाउको कन्यायो खुट्टो चिलाइदिन्छ,
ढाड चिलायो हात चिलायो बेस्सरी कन्याइदिएँ,
कन्याउँदा नि नभएर काउसो खन्याइदिएँ ।

हात चिलाए पैसा पाइन्छ, खुट्टा चिलाए जुत्ता,
टाउको चिलाए टोपी लाइन्छ, ज्यान चिलाए लुता ।
यता फक्र्याे ख्वार ख्वार पा¥यो, उता फक्र्याे ख्वारख्वार पा¥यो,
घाउ त कति कति हजुर खोया नै दुई बोरा सत्यनास पा¥यो ।
न गर्मीमा आउँछ लुतो न जाडोमा आउँछ
अचानक आउँछ लुतो व्यायाम कसरत गराउँछ ।

म एसएलसी पास भएर क्याम्पस पढ्न गाको
त्यही बेला लुतो आएर के के भाको भाको ।
अहँ थाहा छैन मसँग को को पल्केछ
म गएसी क्याम्पसभरी लुतो सल्केछ ।
महिनैपिच्छे नुहाउँदा नि लुतो भागेन,
तातोपानीले ज्यान खुइलियो फुर्ति जागेन ।

कक्षामा हल्ला चल्छ सर पिट्नुहुन्छ विद्यार्थी तर्सिन्छन्,
विद्यार्थी शान्त हुन्छन् म चल्छु सर नै तर्सिन्छन् ।
कता कापी समाउनु कता लिनु कलम,
पढ्न सड्न छोड भाइ, डिस्कोतिर चलम् ।
न चिलाएर हाँस्न मिल्छ, न कन्याएर रुन
न शान्त रहन्छ मन, न छ यसको गुन ।

कति आए डाक्टरहरु कति आए वैद्ये,
सबै डाक्टर फुकिलण्ठु कसले पार्ने सद्दे,
झाँक्री आयो ढ्याङ्ग्रो ठोक्दै के–के डाक्यो डाक्यो,
उसैलाई लुतो सल्क्यो आत्तिएर भाग्यो ।

पिपलको जरा थियो जरा कसले कुट्ने,
ओखती गर्ने पैसा पाए उही लुट्ने,
न देउताको रोग भनुँ न त विज्ञानको
न शिक्षितकै रोग ठानुँ न त अज्ञानको ।
मोटोघाटो ज्यान थियो भयो सुकेलुती
काम गर्नु पो के सक्छु र खायो सुतीसुती ।

ससुराली कुदेँ हिजो सहन नसकेर,
सासुससुरा जम्मै भागे ताल्चै ठाकेर
न घरमै सुख चैन छ श्रीमतकिो कचकच छी,
आइएम महाकुष्ठरोगी प्लिज डन्ट टच मि ।
बित्यो एउटा वैश त्यसै गोठालोमा रुँदारुँदै,
भेडाबाख्रा बालीतिर आफू कुद्या कुदै
जिन्दगी यो घर न घाटको कतै मोडेन,
लुते दशा लाग्या लौ कहिल्यै छाडेन ।

लुतो रोग निको पार्न मन्दिर भाक्न गएँ,
मेरो छायाँ पर्नसाथ देउता अलप भए ।
लौन मन्दिर रित्तो भयो के अच्चम भो,
पुजारीले परैबाट लौरोले पिट्यो ।

कति मन्त्री फे¥यो देशमा कति कानुन फे¥यो,
तर यो लुतोलाई न कानुनले हे¥यो न सरकारले हे¥यो ।
सत्तामा पुग्छ जो कुर्सी समाइराख्ने त्यो,
संविधानलाई लुतो आयो कन्याइदिने को ?

मल्हमपट्टी डेटोल पानी पाउडर पनि घसेँ,
शरीरभरि घाउ लिएर दोबाटोमा बसेँ ।
लाग्छ लुतो डढाइदिउँ छेउमै सलाई छ ,
लुतो भन्दा ज्यानको मायाँ बढी मलाई छ ।

देशैभरी लुतो आयो के गरी पो टर्ला,
साउन संक्रान्ति कहिले आउँछ पात्रो हेर्नुपर्ला ।
चारघरे, नुवाकोट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x