साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

जताततै अविश्वासको दैलै -दैलो बनाए फोहोर थुपारे घर भित्र सबै मैलो बनाए रुन्छ देश छातीभित्र सलबलाउँदा लुटेरा देश लुटेरै कतिले त मजबुत थैलो बनाए।

Nepal Telecom ad

हिरा खड्का अधिकारी :

१.
मन दुखाइदिन्छौ र पो रुनलाई पाएको छु
आफ्नो आँसुसँग बरोबर आफैँ छाएको छु
कति दिनु छ चोट निर्ढुक्क भएर अझै देऊ
हरेक चोटको सामना गर्न सामु आएको छु।

२.
अनयासै विनाशकारी तुफान चलेको बेला
आँखै अघि हुरहुरी सिंहदरबार जलेको बेला
कति हर्षित छैन मन संविधान दिवसमा पनि
कल्कलाउँदा सन्तान बली बनि ढलेको बेला।

३.
मरे किन युवा देशका लागि, बुझ्न जरुरी छ
छोडे के तिनले शेषका लागि, बुझ्न जरुरी छ
शहीदको रगत नै भागबण्डा गर्ने होड छ अहिले
मरेनन् ती पक्कै द्वेषका लागि, बुझ्न जरुरी छ।

४.
झुटको खेती भन्दा लुटको खेती फस्टाएको देख्छु
मुखले रामराम भन्ने गुटको खेती फस्टाएको देख्छु
कता थन्क्याएछन् कुन्नि इमान र स्वाभिमान तिनले
लटरम्मै फलेर कालकुटको खेती फस्टाएको देख्छु।

५.
जताततै अविश्वासको दैलै -दैलो बनाए
फोहोर थुपारे घर भित्र सबै मैलो बनाए
रुन्छ देश छातीभित्र सलबलाउँदा लुटेरा
देश लुटेरै कतिले त मजबुत थैलो बनाए।

०००
सुन्दर हरैँचा, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x