साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरिवल थाप्लामा

कोहि तालु मसार्ने कोहि हात समाउने गर्नथाले । सबै जना हाहा कार गरेको सुनेर जुरूक्क उठी बुढा त किन हल्ला गर्या भनेर झन् उल्टै जन्तीलाई पो थर्काए।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

ऊहिले ऊहिलेको कुरा हो हाम्रो छिमेकी देश भारतको दक्षिणी भूभागमा रहेको आन्ध्र प्रदेश भन्ने प्रदेशको एउटा गाउँमा जन्ति आएका थिए। यसै त गर्मी ठाउँ त्यसमा पनि झन् गर्मीको यामका जन्ति कहाँ रुखको शितल छहारी पाइएला भन्ने छटपटीमा थिेए।

भारतको दक्षिणीभागमा नरिवल खेती यति धेरै गर्छन् कि उनीहरूको आम्दानीको मूलश्रोत नै नरिवल भन्दा हुन्छ किनकी भुटुन खाऊ नरिवल, टाउकोमा तेल लगाऊ नरिवल, बेच नरिवल, पंखा बनाऊ नरिवल, गर्मीमा पानी खाऊ नरिवल, स्वागत गर नरिवल, पूजा प्रसाद नरिवल, जे गर नरिवल । जता जेमा पनि नरिवल भएकाले तिनै नरिवलका रूखमुनि जग्गे लाथ्यो। तिनै नरिवलको शितल छहारीमा जन्ती पनि जग्गे नजिकै बसेर बातचित गफगाफ गरिरहेका थिए।

दाइजो तिलकको विषयमा एक छिन् चर्काचर्कीनै पनि भयो । कुरा मिलेपछि दुलाहाका बाउ बसेको ठाउँबाट उठेर अर्को नरिवलको फेदमा अरूसँगै गएर थपक्क बसेका मात्र थिए। तेति खेरै सामुद्रिक छेउको हावा आइहाल्यो।त्यही हावाको झोक्काले नरिवल झरेर दुलाहाका बाउको चिण्डे तालुमा बजारियो । दुलाहाका बा फुनुनुन टाउको रिंगाएर भुईंमा पसारिए । कोहि तालु मसार्ने कोहि हात समाउने गर्नथाले । सबै जना हाहा कार गरेको सुनेर जुरूक्क उठी बुढा त किन हल्ला गर्या भनेर झन् उल्टै जन्तीलाई पो थर्काए।

अनि दुलाहाका बाउ, सम्धीतिर फर्किएर भने- गजबको कागताली पर्याे हैन हजुर, बज्र पर्याे थाप्लोमा। बुहारीको नामै बज्र पर्याे तेहि भएर बजाउनेनै भयो नि भनेर हँसाए ।

जन्तीले हाँस्दै भने- टाउकोमा नरिवल बज्र, घरमा बुहारी बज्र भन्दै हललल जन्ती हाँसो हाँसे। जग्गेमा पुरेत भन्दैथे दुलाहाको बाउको टाउकै बलियो। झन् हाँसो थपियो हा… हा… हा…।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x