साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राज्यको दाइँ

चिनीकारखाना र धागो उडाए इँटा छैन त्यो कागजै छैन खाए गयो टायरैको गुडाए अरूको यहाँ दाइ चल्दै छ बोकाहरूको।।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

व्यथा सुन्नुपर्ने छ भोकाहरूको
कथा सुन्नु पर्ने छ धोकाहरूको
समस्या लुकेको छ पोकाहरूको
यहाँ दाइँ चल्दै छ बोकाहरूको।।१ ।।

कतै लाउडाको गिरीबन्धु अर्को
कतै सत्तरी ती करोडौँ छ लर्को
खुसी पर्न पर्ने छ धोकाहरूको
यहाँ दाइँ चल्दै छ बोकाहरूको।।२ ।।

यहाँ उद्यमी खै थला पर्न थाले
विकासे कुरा झन् ठुला गर्न थाले
ठुलो चाङ लागेछ धोकाहरूको
यहाँ दाइँ चल्दैछ बोकाहरूको।।३ ।।

न हाँसेर कोशी सधैँ बग्न पायो
छ काली रुँदैलेक हाम्रो हरायो
न सुस्ता बचाए समस्या अरूको
यहाँ दाइ चल्दै छ बोकाहरूको।।४ ।।

थिए जङ्गली काठ बेचेर खाए
र उद्योग बेचेर नेता अघाए
कलाकार हाम्रा बने ती अरूको
यहाँ दाइँ चल्दैछ बोकाहरूको।।५ ।।

चिनीकारखाना र धागो उडाए
इँटा छैन त्यो कागजै छैन खाए
गयो टायरैको गुडाए अरूको
यहाँ दाइ चल्दै छ बोकाहरूको।।६ ।।

०००
आदेश्वर, नागार्जुन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x