साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जंगली हात्तीले- लगायो साढेसाती

हामीले पाहुना ठानेका थियौं निस्केछन् खुरापाती। गणेश मानेर पूजा गर्‍यौं गुनासा राखेर थाती। तर विध्वंश गरिरहन्छन् के दिन के राति।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

फाल्गुणको चुनाव सकेर
फर्कनु ठानेर जाति।
भारत लागेका नेपालै फर्किए
आसामे पन्द्र हात्ती।
अखबारभरि समाचार यो
छापियो छ्याप्छ्याप्ती
दिनमै तारा देखाइदिने यिनी
कस्ता छन् उत्पाती।
कतिलाई त लगाइसके
कडा साढेसाती।
पुर्‍याए छन् कतिलाई त
म्यादै नपुगी माथि।
भत्काएर किसानका घर
खुशी मातीमाती।
कतै सके हजूरबालाई
कतै सक्याए नाति।
हामीले पाहुना ठानेका थियौं
निस्केछन् खुरापाती।
गणेश मानेर पूजा गर्‍यौं
गुनासा राखेर थाती।
तर विध्वंश गरिरहन्छन्
के दिन के राति।
बोट बिरुवा सबै उखेले
केरा-के नासपाती।
बिताउन सम्म बितायो !
हरे ! कस्तो यो
फिरन्ते हात्तीको जाति।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x