साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञानगुन साहित्य प्रतिष्ठानद्वारा ८ जना स्रष्टा सम्मानित

प्राडा सुरेन्द्र केसी, पार्थिवेश्वरप्रसाद तिमिल्सिना, पदम सुन्दास, प्राडा रमेश ढुङ्गेल, वैज्ञानिक मुकेशकुमार चालिसे, प्राडा ज्ञानबहादुर कार्की, सहप्राध्यापक सन्ध्या खनाल पराजुली र सूर्यरमणप्रसाद लाकजूलाई विभिन्न सम्मान प्रदान ।

Nepal Telecom ad

काठमाडौँ । नेपालका विशिष्ट विद्वान्, इतिहासविद्, लिपिविज्ञ धनवज्र वज्राचार्यको जन्मजयन्तीको अवसरमा विभिन्न सर्जक व्यक्तित्वलाई सम्मान गरिएको छ ।

ज्ञानगुन साहित्य प्रतिष्ठान, धनवज्र वज्राचार्य शोधसम्मान कोष र हिमालय प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टालाई विशिष्ट विद्वान् धनवज्र वज्राचार्य शोधसम्मान प्रदान गरिएको हो ।

डा. चुन्दा वज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राडा वीणा पौडेलले प्राडा सुरेन्द्र केसी, पार्थिवेश्वरप्रसाद तिमिल्सिना, पदम सुन्दास, प्राडा रमेश ढुङ्गेल, वैज्ञानिक मुकेशकुमार चालिसे, प्राडा ज्ञानबहादुर कार्की, सहप्राध्यापक सन्ध्या खनाल पराजुली र सूर्यरमणप्रसाद लाकजूलाई विभिन्न सम्मान प्रदान गर्नुभएको हो ।

प्राडा केसीलाई डा. महेशराज पन्त सम्मान, तिमिल्सिनालाई प्रधानाध्यापक कृष्णबहादुर मानन्धर स्मृति सम्मान, सुन्दासलाई धनवज्र शोधसम्मान, प्राडा ढुङ्गेललाई धनवज्र प्रज्ञा सम्मान, वैज्ञानिक चालिसेलाई विज्ञानका कुरा सम्मान, सहप्राध्यापक पराजुलीलाई धनवज्र वज्राचार्य शोधसम्मान र लाकजूलाई अच्युतरमण अधिकारी स्मृति साहित्यिक सम्मान प्रदान गरिएको हो । सो अवसरमा प्रतिष्ठानले सम्मानित व्यक्तित्वबारे लेखिएका पुस्तिका पनि लोकार्पण गरिएको छ ।

प्राडा वीणा पौडेलले सो प्रतिष्ठानले धनवज्र वज्राचार्यको योगदानलाई चिरस्थायी बनाउन हरेक वर्ष साहित्यिक कार्यक्रम आयोजना गरेर सर्जकलाई समेत प्रेरित गर्दै आएको बताउनुभयो ।

प्राडा सुरेन्द्र केसीले नेपालमा बौद्धिक, साहित्यिक व्यक्तित्वले आफ्नो जीवनकालमा आर्थिक अभावलगायतका थुप्रै कष्ट झेल्नुपर्ने र उहाँहरूको निधनपछि मात्र योगदानको चर्चा गर्ने परम्पराको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

ज्ञानगुन साहित्य प्रतिष्ठानका अध्यक्ष शेषराज शिवाकोटीले धनवज्र वज्राचार्यले नेपाली इतिहास, संस्कृति र लिपिविज्ञका रूपमा पुर्याउनुभएको योगदानको कदर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वातावरणविद् डा. सिद्धार्थ वज्राचार्यले आफ्ना पिता धनवज्र वज्राचार्यले सन्तानलाई दिने सल्लाहमा मेरो कामको पछि नलाग्नु तर उच्च शिक्षा पढेर जहाँ, जुन काम गरे पनि देशको सेवा हुने काममा लाग्नु भन्दै सधैँ प्रेरित गर्नुभएको कुरा स्मरण गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x