साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बि ह्याप्पी

फलानोको छोरोले पढ्यो जागिर नपाइदिए होच्याउन पाइन्थ्यो भन्ने पीर

Nepal Telecom ad

तपाइँ पनि दुखी हो ?
साँच्ची ?
हो भने सुन्नुस्
मान्छेहरु ह्याप्पी हुनै नजानेर दुख पाए यार
ह्याप्पी हुन आफ्नो चिन्ता लिन जान्नु पर्छ
तर मन्छेहरू
अरुको चिन्ताले दुब्लाए यार
अरुको चिन्ता पनि यति गर्छन् बिचराहरू
आफ्नो चिन्ता लिने फुर्सद कहाँ ?

फर एक्स्जाम्पल;
“फलानाकी छोरी बढी
पोइला गैदिए कुरा काट्न पाइन्थ्यो भन्ने पीर
फलानोको छोरोले पढ्यो
जागिर नपाइदिए होच्याउन पाइन्थ्यो भन्ने पीर
त्यै पिरमा दगुर्दा
आफ्नो छोरी उम्लेको ख्याल भएन
आफ्नो छोरोले खुट्टा टेक्न बिर्सेको पत्तो भएन
पत्तो पाउने दिन फेरी अर्को पीर ।

आँसु सबैसँग हुन्छ
बगाउन जान्ने तरिका आफ्नो आफ्नो
त्यै आँसु हाँसोमा बगाउने या रोदनमा
खुशी आआफ्नो हो तर
मन्छेहरूले पिरिएर बगाए
दुखको कुरा
या अरुको प्रगतिमा जलेर
या अरुको दुर्गतिमा हाँसेर ।

बकाइदा हाँस्न पुग्ने
आआफ्नो भागको हाँसो बिर्सेर
अरुको हाँसो खोस्न उद्दत छ मान्छे
आफ्नो चुलोमा बलेको आगोले
मज्जाले ज्यान तताउन पुग्छ
तर अरुको घर जलेर नतापी
न्यानो अनुभव गर्दैन मान्छे ।

छोड्नुस् यार अरुको पीर
गरी खानुस्
गरी खान दिनुस्
ऐनामा हेरेर
आफ्नो मुहारमा हाँसो खोज्नुस्
अरुको अनुहारमा दुःख खोजेर
खुशी भएको नाटक नगर्नुस्
दुखी खोज्न हैन
खुशी हुन सिक्नुस्
ह्यप्पी हुन सिक्नुस् ।

वालिङ, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x