साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाइँ पनि हो ??

म यिनले पालेको बोको जस्तै हुँ यिनले मन लागेको दिन बेचिदिन सक्छन् अथवा छ्याक्क काटेर खान्छन्

Nepal Telecom ad

मलाई चिन्नुहुन्छ ?
म भोटर हुँ
यिनलाई भोट हाल्न भनेर
मेरी आमाले जन्माइदिएको
यिनलाई माथि उचालिदिन
मेरा बाले मजबूत बनाइदिएको

मेरो भोट
मैलाई नसोधी गन्छन्
यो पक्का मेरो हो
अन्त जाँदैन भन्छन्
पाँच बर्षमा दश दिन सम्झिन्छन्
दश औंला जोर्छन्
बाँकी दिन,
छड्के छड्के हेर्छन्
चिने चिने जस्तो गर्छन्

दाम्लोमा बाँधेर घाँस हाले जस्तै
मलाई सधै आशको घान हालिरहन्छन्
म यिनले पालेको बोको जस्तै हुँ
यिनले मन लागेको दिन
बेचिदिन सक्छन्
अथवा छ्याक्क काटेर खान्छन्

यिनले भनेको ठाउँमै जानु पर्छ
मुखमा हालेर चपाए जस्तै
मलाई सधै चपाइरहन्छन्, चुसिरहन्छन्
म यिनले खाएको चुइगम जस्तै हुँ
रस आउन छोडेको दिन
या अर्को ताजा भेटेको दिन
थुकिदिन सक्छन्
यिनले थुकेको ठाउँमै सड्नु पर्छ

म जस्तै भोटर
अर्को पनि हेर्न मन छ ?
छ भने यो पढ्नुस्
अनि ऐना हेर्नुस्
झुक्किनु होला
ऐना नपुछ्नुस्
मुख धुनुस्
मुख पुछ्नुस्
दिमाग ठण्डा गरेर सोच्नुस्
चल्छ यसरी
तपाईंलाई जस्तै
तपाइँको सन्ततीलाई पनि ?

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x