साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार पोषण पाण्डे स्मृति दिवस

वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम’वरिष्ठ साहित्यकार डा. अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं । वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम’ बैशाख ७ गते वरिष्ठ साहित्यकार डा. अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

समारोहमा केही विशिष्ट साहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा बोल्दै साहित्यकार युवराज मैनाली तथा डा ज्ञानु पाण्डेले पोषण पाण्डेको साहित्यिक व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो ।

समारोहमा सडकमा बेवारिस अवस्थामा रहेका मानवहरूको उद्धार उपचार तथा सेवा गर्दै आएको भक्तपुरस्थित संस्था मानव कल्याण समाजलाई कदर गर्दै संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईंलाई दोसल्ला ओढाई प्रमाण पत्र तथा नगद प्रदान गरिएको थियो ।

जीवन र साहित्य बिचको सम्झौता बिन्दुलाई अत्यन्त सहजसँग प्रयोग गर्ने व्यक्तित्व बताउँदै साहित्यकार पोषण पाण्डेको कवि तथा कथाकार व्यक्तित्वका बारेमा कार्यक्रमको प्रमुख अतिथि डा.अभि सुवेदीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

पोषण पाण्डे- तीर्थ सदनका महासचिव रन्जु पाण्डेले सञ्चालन गर्नुभएको यस समारोहलाई यसै सदनका अध्यक्ष तथा समारोहका सभाअध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

तस्बिर सौजन्य : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x