साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मयाँको भोक

जत्ति रहर मलाई मयाँ पाउने छ त्यत्ति मयाँ मलाई त्यी आत्माहरूको लाग्छ जो म मरिहालें भने मलाई नरोत्तम बनाउन हरोत्तम प्रयासमा रहनेछन् ।

Nepal Telecom ad

एकबार मरिदिउँ मरिदिउँ लाग्छ
फेरि माया लाग्छ त्यी अनुहारहरूको
जो म मरेको दिन मलाई
संसारकै सबैभन्दा उत्तम प्राणि बनाउँछन्
तिनीहरूको मुख कसरी हेरुँला भनेर

म नमरी राम्रो हुनै सक्दिन
म मर्नासाथ
एकाएक
संसार उत्तानो पर्छ

मेरो दुस्मन कोकोहोलो गर्छ
संसारको सबैभन्दा जाति मन्छे गुमाएँ भन्छ
जसले मलाई कहिले बाङ्गो आँखाले हेर्न सकेन
उसले मेरा नाममा
सिधा आँखा भरी आँसु जन्माउँछ

म मर्नु पर्छ ज्ञानी हुन्
म मर्नु पर्छ दानी हुन
म मर्नु पर्छ आँखामा बस्न
म मर्नु पर्छ मुटुमा पस्न
त्यसैले
एकबार मरिदिउँ मरिदिउँ झ्वाँक चल्छ
फेरि मयाँ लाग्छ त्यी अनुहारहरूको
यदि म फर्कें भने
कसरी हेरुँला त्यी मयालु मुहारहरू
जो मलाई नरोत्तम बनाउन
हरोत्तम प्रयासरत रहन्छन्
जत्ति रहर मलाई मयाँ पाउने छ
त्यत्ति मयाँ मलाई त्यी आत्माहरूको लाग्छ
जो म मरिहालें भने
मलाई
नरोत्तम बनाउन
हरोत्तम प्रयासमा रहनेछन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x