साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी दिने काइदा

रेस्तुराँ साहु मलाई देखेर बेहोस । तुरुन्त एम्बुलेन्स बुलाए र अस्पताल पुर्‍याए । रेस्तुराँ साहुलाई अस्पतालले सोध्यो- तपाईँको रेस्तुराँमा खाएका हुन् ? - होइन, मेरो होटलअगाडि लडेका थिए, मैले अस्पतालसम्म पुर्‍याएको मात्र हुँ ।

Nepal Telecom ad

पेटेन्ट साथीहरूलाई त कुनै बहानामा पार्टी चाहिन्छ । त्यसै बलजफ्ती मलाई एक दिन मेरा पाँच सात जना साथीले पार्टी दे भने । मैले सोधें- केको पार्टी दिऊँ ।
– हाम्लाई त रेस्तुराँमा टन्न पिउन पाए भो ।
– हैन, केको उपलक्षेमा पार्टी दिऊँ भन्या ?
– त्यो त तेरो मर्जी । कुनै उपलक्ष्येमा दिए नि देऊ वा केही पनि उपलक्ष्ये नभएको उपलक्ष्येमा देऊ तर पार्टी देऊ । हाम्लाई चाइया पार्टी हो । जाँबाट जस्स्सरी हुन्छ, पार्टी दे ।

कल्लाई के धुन, खन्चुवा साथीहरूलाई पार्टीको धुन । बेला न कुबेला पार्टीको झमेला आइपरेपछि मैले नमानी सुखै छैन । कतै कस्सैलाई कस्नु छ यिनै काम लाग्छन् । कतै धम्क्याउनु छ, कतै गम्क्याउनु छ, सबैमा फिट साथीहरूले पार्टी मागेपछि नदिऊँ पनि कसरी ?

खल्तीमा खडेरी पर्दा दिमागले नै काम गर्छ । पार्टी दिने उपाय खोज्दै जाँदा बुद्धिको बिर्को खुल्यो । तातै खाऊँ जली मरुँ भन्ने जस्तो मैले पनि भनिदिएँ- उसो भए हिँड् । खानै परेछि बासी किन राख्ने ?
– काँ हिँड् ।
– त्यैँ छिमेकी रेस्तुराँमा ।

सप्पै जना हुरुरु पसे जन्ती झैँ रेस्तुराँमा । मुख रसाइरहेका र जिब्रो लप्लपाइरहेका थिए । मेरो पनि अवस्था उही थियो । भनें- जल्लाई जे जे अर्डर गर्नुछ, गर । मर्ने गरी हसुर ।

खानुसम्म खाए, घिच्नुसम्म घिचे र छाद्ने गरी पिए । कसैलाई बिलको कुनै चिन्ता थिएन । असह्य हुँदै गएपछि मेरो जय जयकार गर्दै आलोपालो कुलेलम ठोक्दै गए । निस्कँदा साउलाई मतिर इसारा गर्दिन्थे ।

मैले पनि पिउनुसम्म पिएँ । अनि देखेँ- सप्पै नौ दुई एघार भइसकेका छन् । त्यसपछि एक्कासि लडिदिएँ । हातखुट्टा तन्काएँ, मुखबाट अलिकति फिँज निकालें ।

रेस्तुराँ साहु मलाई देखेर बेहोस । तुरुन्त एम्बुलेन्स बुलाए र अस्पताल पुर्‍याए ।
रेस्तुराँ साहुलाई अस्पतालले सोध्यो- तपाईँको रेस्तुराँमा खाएका हुन् ?

– होइन, मेरो होटलअगाडि लडेका थिए, मैले अस्पतालसम्म पुर्‍याएको मात्र हुँ ।

उसले लफडाबाट जोगिन झुठो बोल्यो । मैले मनमनै विचार गरें- अब त सबै पैसा पच भयो ।

०००

राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x