साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाटो भएर बस्दाको मज्जा

जता जेसुकै होस् म त चुपचाप शान्त भै सबैथोक सहेर बसेको छु । हेर्नु पर्ने- नहेर्नु पर्ने सबै हेरेर बसेको छु ल तपाईं नै भन्नुस्- यस्तोमा मेरो के दोष ?

Nepal Telecom ad

जता जेसुकै होस्- मेरो के दोष ?

मैले खान- लाउन पाउनु पर्छ, पाएको छु, भैगो !
मैले उचाल्न- पछार्न पाएको छु, भैगो !
मैले उभ्याउन- ढाल्न पाएको छु, भैगो !
सबै बाङ्गा, म पनि बाङ्गो
सबै नाङ्गा, म पनि नाङ्गो, भैगो !
ती सबै छन् मेरा दृष्टिकोणमा उल्लु
रगत- पसिना बगाएर
देश बनाउनेहरू
अहिले मेरा प्रिय पात्र छन्
झुप्राको खरानीमाथि
महल ठड्याउनेहरू
मैले खान- लाउन पाउनु पर्छ पाएको छु, भैगो !
मैले उचाल्न- पछार्न पाएको छु, भैगो !
मैले के नै गरेको छु गल्ती ?
केको लागि, किन गर्ने केही अफसोच ?
जता जेसुकै होस्
म त चुपचाप शान्त भै
सबैथोक सहेर बसेको छु ।
हेर्नु पर्ने- नहेर्नु पर्ने सबै हेरेर बसेको छु
ल तपाईं नै भन्नुस्- यस्तोमा मेरो के दोष ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x