साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

यी असमानताले गर्दा सहमति जनाउन सक्दिनँ महोदय ! तिमीले सामान्य ठानेको, मलाई अलौकिक लाग्न सक्छ ।

Nepal Telecom ad

१।
व्यर्थको गफ खोकेरै दिन बित्छ कसैको
हातले टेबल ठोकेरै दिन बित्छ कसैको
यी दिन, यी रात, कति आए, कति गए,
अधूरा आशा बोकेरै दिन बित्छ कसैको ।

२।
तिमीलाई बेठिक लागेको चीज मलाई ठिक लाग्न सक्छ
तिमी जसलाई टाढा भन्दछौ, मलाई नजिक लाग्न सक्छ
यी असमानताले गर्दा सहमति जनाउन सक्दिनँ महोदय !
तिमीले सामान्य ठानेको, मलाई अलौकिक लाग्न सक्छ ।

३।
म कर्ममा विश्वास गर्छु, भाग्य लेखान्तको कुरा नगर्नुुस्
म पसिनालाई पूजा गर्छु, ईश्वरीय दृष्टान्तको कुरा नगर्नुस्
मेरो मनको इजलासले दिएको निर्णय ठिक लाग्छ मलाई
बिन्ती यो अल्छिलाग्दा विचार सिद्धान्तको कुरा नगर्नुस् ।

४।
मन मिल्नेसँग मनकै, साइनो गाँस्न पाइयोस्
दुःख बिर्सिएर एकैछिन मीठो हाँस्न पाइयोस्
अव्यक्त मनका भावनालाई मनभित्रै सङ्गालेर
हृदयका भित्ताभरि सुनौला पल टाँस्न पाइयोस् ।

५।
आरनभित्र पगालेर विचार र बिम्ब अर्जाप्दै छु
आत्म विश्वासको धारा खोली घैलामा थाप्दै छु
नयाँ लक्ष्य स्वर्णिम गन्तव्य अब बल्ल सुरु भयो
परिवर्तनका यी बाटोहरू सङ्घर्षले नाप्दै छु ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x