साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साक्षात् देवी

मान्की भित्रबाट बाहिर आउनासाथ विष्णुकान्तले पत्नीलाई परिचय गराए; ‘तिमीलाई जीवनदान दिएर मलाई पुनः टुहुरो हुनबाट बचाउने यिनै हुन् साक्षात् देवी केवल हाम्रा लागि ।’

Nepal Telecom ad

‘मान्की असल नारी पो रहिछन् । मजस्तो निर्दयीलाई दयाले नुहाइदिइन् ।’ विष्णुकान्त एक्लै बरबराउँदै रगतको पोको लिएर अस्पताल दगुरे ।

त्यो रगत चढिसकेपछि पत्नीको निस्तेज अनुहार एकाएक उज्यालिँदै आयो । दिनदिनै पत्नी निको हुँदै गइन् । पाँच दिनका दिन पूणर् स्वस्थ भइन् । अस्पतालले डिस्चार्ज गर्‍यो ।

पत्नीले दर्शन गर्न मन्दिर जाने मन गरिन् । खुशी हुँदै विष्णुकान्तले अर्कै गाउँतिर गोडा बढाए ।
‘राजदेवी मन्दिर उत्तरमा छ । सखडा मन्दिर दक्षिण-पश्चिममा छ । कंकालिनी मन्दिर पूर्वमा छ । यस गवाँर गाउँमा त भोकमरी मात्रै छ । कुनै मन्दिर पनि छैन । मन्दिरै बनाए पनि यस गाउँमा देवीदेवता बस्न रुचाउँदैनन् । किनभने यो गाउँ त मुसहरी हो । यहाँ त मुसहर बाहेक अरु बस्तैनन् ।’ पत्नीले लामो बखान नसिध्याउँदै विष्णुकान्तले गहभरि आँसु बनाए ।

‘यस्तो फोहरी र असभ्य गाउँमा धर्म कमाउने हामी सुकिलामुकिला मान्छे बरालिनु लाजमर्दो हुन्छ । हिँड्नुस् जाऔँ कुनै मन्दिर । अब म बाँचे । तनाव नलिनुस् । र; बढ्ता पिच्चे पनि नबन्नुस् ।’

पत्नीको यस्ता कुरा सुनेर विष्णुकान्तले रोदन मिश्रित स्वर निकाले; ‘बाबुआमाले सानैमा छाडेर टुहुरो भएँ । तिमीसँग बिहे गरेर दरिलो भएँ । छोराबुहारीले लत्याउँदा एक्लो ढेडु हुनै लागेको थिएँ । तिमीले दरो गरी हात पक्रिदियौ र सन्तोषको सास फेरेँ । यत्तिखेर तिमीलाई धर्तीमै फर्काउने देवी यही गाउँमा बस्छिन् । उनलाई मेरो कोटीकोटी नमस्कार छ ।’

‘मलाई त डाक्टर र अस्पतालले बचाको हैन ?’
‘ती त माध्यम हुन् ।’ यत्ति भन्दै पत्नीलाई लिएर सोध्दैखोज्दै विष्णुकान्त उभिन पुगे मान्कीको ढोकामा ।

मान्की भित्रबाट बाहिर आउनासाथ विष्णुकान्तले पत्नीलाई परिचय गराए; ‘तिमीलाई जीवनदान दिएर मलाई पुनः टुहुरो हुनबाट बचाउने यिनै हुन् साक्षात् देवी केवल हाम्रा लागि ।’

०००
२०७९-०५-०५
पहिले- सिद्धार्थटोल, उदयपुर । अहिले- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x