साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी कस्ता ?

बाउन्न हन्डर त्रिपन्न ठक्कर जत्ति खाए पनि होस नखुल्ने कहिल्यै नचेत्ने हामी कस्ता ? सहने, सधैँ सहने नसा नसामा रगत नउम्लने चिसो चिसो बरफ जस्ता हामी कस्ता ?

Nepal Telecom ad

जसले जे भने पनि पत्याउने
खोक्रा भाषणमा ताली बजाउने
अरुका इसारामा नाच्ने
हामी कस्ता ?

अन्याय, अत्याचार सहने
भ्रष्टाचार, घुसखोरीमा आँखा चिम्लने
म किन पहिला बोलूँ भनी मौन रहने
हामी कस्ता ?

काला बजारियाले निल्न खोज्ने
पेट्रोल, डिजेल किन्न दिनरात लाम बस्ने
पैसा तिर्दा पनि सामान किन्न नपाउने
हामी कस्ता ?

सधैँ अभाव र हाहाकार झेल्ने
रित्ता गाग्री, बाल्टी बोक्दै हिँड्ने
अन्धकारमा रुमल्लिइरहने
हामी कस्ता ?

अकासिँदो महङ्गीको मारले त्रस्त
रोग, शोक, भोकले ग्रस्त
काल, कुर्सीको खेलले परास्त
हामी कस्ता ?

समानताको वकालत गर्ने
छोरीचेली एक्लै हिँड्न डराउनु पर्ने
असहाय वृद्धलाई बोक्सी भन्दै सताउने
हामी कस्ता ?

काम होइन चिप्ला कुरा पत्याउने
सदैव थाइनामा लट्पटिने
आफू केही गर्न अघि नसर्ने
हामी कस्ता ?

बिगार्न जान्ने, बनाउन नजान्ने
अर्काको छिद्र खोतल्ने,
आफ्नो भ्वाँङ नदेख्ने
काम नगरी दाम कमाउन खोज्ने
हामी कस्ता ?

कोरा सिद्धान्तका फोस्रा गफ चुट्ने
आफूलाई मात्र धुरन्धर ठान्ने
हक अधिकार चालै नपाउने
हामी कस्ता ?

सही गलत नछुट्याउने
चोरलाई सभा, साधुलाई सुली चढाउने
उदेकको बुद्धि, विवेक र ज्ञानले भरिएका
हामी कस्ता ?

मुठ्ठीभर व्यक्तिले रजाइँ गर्दा
देशलाई पेवा ठानी मनपरी गर्दा
आँखा चिम्ली कानमा तेल हालेर बस्ने
हामी कस्ता ?

मातृभूमि रोई माटोले पुकार्दा
खोकिलामा हात घुसारेर बस्ने
जिउँदो लास जस्ता हुतिहारा
हामी कस्ता ?

शक्तिकै भक्ति गर्ने,
स्वार्थै स्वार्थमा चुर्लुम्म डुब्ने
चापलुसी गर्दै थालको लड्डु बन्ने
राष्ट्रियताको अथकित कुरा गर्ने
हामी कस्ता ?

स्वाभिमान भुलेका,
पहिचान गुमेका
लाजसरम,
इमानजमान नभएका,
नकचरा !
वीरता र पुरुषार्थको डिँङ हाँक्ने
हामी कस्ता ?

सत्ताशक्तिले मदमत्त भई
लोकतन्त्रको खिल्ली उडाउने
नटहरूका नौटङ्की हेर्दै मस्त हुने
हामी कस्ता ?

बाउन्न हन्डर त्रिपन्न ठक्कर
जत्ति खाए पनि
होस नखुल्ने कहिल्यै नचेत्ने
हामी कस्ता ?

सहने, सधैँ सहने
नसा नसामा रगत नउम्लने
चिसो चिसो बरफ जस्ता
हामी कस्ता ???

०००

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x