साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जादु

हामी दर्शक हौं हामीले भोट तिरेर जादु हेर्छौं यी झ्याप झ्याप फेरिन्छन् हाम्रो पात्रो फेरिन्छ बुद्धि फेरिन्न चुनाव फेरिन्छ भोट फेरिन्न आश फेरिन्छ आँसु फेरिन्न ।

Nepal Telecom ad

चुनावअघि
यी भान्छामा पुग्छन्
यी गोठ खलियामा पुग्छन्
यिनले ढोग्छन्
यिनले आशिर्वाद माग्दै
शिर झुकाउछन्
नभए हात आफैं समाएर
आफ्नो शिरमा थोपर्छन्
भैंसी दुहिदिन्छन्
खेत जोतिदिन्छन्
डल्ला फोरिदिन्छन्
चुनाव जित्नुपर्छ
बिस्तारै यिनको बोली फेरिन्छ
बा ख्याल छ तपाईंलाई
चुनावअघि र चुनावपछि
यिनको नमस्कार फेरिन्छ

यिनको काम माग्ने हो
यिनले मागेर खाने हो
पहिले भोट खान्छन्
बिस्तारै भरोशा खान्छन्
त्यसपछि सपना खान्छन्
अनि देश नै
खाउँला खाउँला जस्तो गर्छन्
हामी दर्शक हौं
भोट तिरेर तमासा हेरिन्छ
बा ख्याल गर्नुस् नपत्याए
चुनावअघि र चुनावपछि
यिनको तमासा फेरिन्छ

यिनले जित्न मात्र पर्छ
हिजो हात समाई समाई
आफ्नो टाउकोमा थोपर्नेलाई चिन्दैनन्
हिजो बिन्ति गर्दै हिँडेको
गाउँको बाटो हिन्दैनन्
कहिल्यै भोट नदिने
कहिल्यै गाउँ नछिर्ने
दलाल, ठगहरूबाट घेरिन्छन्
यो साँचो हो बा
चुनावअघि र चुनावपछि
यिनको आशिर्वाद लिने हात फेरिन्छन्

यी जादुगर हुन्
चुनाव जादु हो
हामी दर्शक हौं
हामीले भोट तिरेर जादु हेर्छौं
यी झ्याप झ्याप फेरिन्छन्
हाम्रो पात्रो फेरिन्छ
बुद्धि फेरिन्न
चुनाव फेरिन्छ
भोट फेरिन्न
आश फेरिन्छ
आँसु फेरिन्न ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x