सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जादु

हामी दर्शक हौं हामीले भोट तिरेर जादु हेर्छौं यी झ्याप झ्याप फेरिन्छन् हाम्रो पात्रो फेरिन्छ बुद्धि फेरिन्न चुनाव फेरिन्छ भोट फेरिन्न आश फेरिन्छ आँसु फेरिन्न ।

Nepal Telecom ad

चुनावअघि
यी भान्छामा पुग्छन्
यी गोठ खलियामा पुग्छन्
यिनले ढोग्छन्
यिनले आशिर्वाद माग्दै
शिर झुकाउछन्
नभए हात आफैं समाएर
आफ्नो शिरमा थोपर्छन्
भैंसी दुहिदिन्छन्
खेत जोतिदिन्छन्
डल्ला फोरिदिन्छन्
चुनाव जित्नुपर्छ
बिस्तारै यिनको बोली फेरिन्छ
बा ख्याल छ तपाईंलाई
चुनावअघि र चुनावपछि
यिनको नमस्कार फेरिन्छ

यिनको काम माग्ने हो
यिनले मागेर खाने हो
पहिले भोट खान्छन्
बिस्तारै भरोशा खान्छन्
त्यसपछि सपना खान्छन्
अनि देश नै
खाउँला खाउँला जस्तो गर्छन्
हामी दर्शक हौं
भोट तिरेर तमासा हेरिन्छ
बा ख्याल गर्नुस् नपत्याए
चुनावअघि र चुनावपछि
यिनको तमासा फेरिन्छ

यिनले जित्न मात्र पर्छ
हिजो हात समाई समाई
आफ्नो टाउकोमा थोपर्नेलाई चिन्दैनन्
हिजो बिन्ति गर्दै हिँडेको
गाउँको बाटो हिन्दैनन्
कहिल्यै भोट नदिने
कहिल्यै गाउँ नछिर्ने
दलाल, ठगहरूबाट घेरिन्छन्
यो साँचो हो बा
चुनावअघि र चुनावपछि
यिनको आशिर्वाद लिने हात फेरिन्छन्

यी जादुगर हुन्
चुनाव जादु हो
हामी दर्शक हौं
हामीले भोट तिरेर जादु हेर्छौं
यी झ्याप झ्याप फेरिन्छन्
हाम्रो पात्रो फेरिन्छ
बुद्धि फेरिन्न
चुनाव फेरिन्छ
भोट फेरिन्न
आश फेरिन्छ
आँसु फेरिन्न ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली