साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृति लोकार्पण

नियात्रा समाज नेपालले नियात्राकार शरद निरोला (अमेरिका)को नियात्राकृति ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’को लोकार्पण तथा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ कात्तिक १ । नियात्रा समाज नेपालले नियात्राकार शरद निरोला (अमेरिका)को नियात्राकृति ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’को लोकार्पण तथा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो ।

नियात्रा समाज नेपालका अध्यक्ष वरिष्ठ नियात्राकार प्रतीक ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, स्रष्टा समाज नेपालका अध्यक्ष आख्याकार श्रीओम श्रेष्ठ रोदन, स्रष्टा समाज नेपालका पूर्वअध्यक्ष नियात्राकार पवन आलोक, गुन्जनकी उपाध्यक्ष नियात्राकार इल्ल्या भट्टराई, दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष नियात्राकार रामप्रसाद पन्तले ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’को लोकार्पण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रतीक ढकाल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, निबन्धकार युवराज नयाँघरे, पवन आलोक, इल्या भट्टराई, रामप्रसाद पन्त र नियात्रा समाज नेपालकी महासचिव नियात्राकार प्रभा भट्टराईले आआफ्नो मन्तव्य राखेका थिए ।

‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’कृतिको प्रकाशन दायित्व वाङमय प्रतिष्ठानले गरेको हो । कृतिमा सोह्र ओटा नियात्राहरू सङ्कलित छन ।

कार्यक्रममा साहित्यकार किशोर पहाडी, भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, ध्रुब मधिकर्मी, खेमनाथ दाहाल, मोहन चापागाई, राजेश खनाल, रमेश दाहाल, श्रीराम राई, डिल्लीरमण सुवेदी, चन्दकान्त आचार्य, अश्विनी कोइराला, विक्रमभक्त जोशी, नरेश श्रेष्ठ, गोविन्द प्रधान आदिको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x