सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तैँ चुप् ! मै चुप् !!

आँखा भएका अन्धाहरूले यिनैमध्ये कुनै यौटालाई आफ्नो अमूल्य भोट हाल्ने होलान्, र सुन्दर परिवर्तनका साथमा देशको कायापलट हुने आशमा मूर्ख बन्ने होलान् पुनः अर्को पाँच वर्षका लागि !!

Nepal Telecom ad

(गलगाँड फोराफोरतन्त्रको चुनावी सभाको एक झलक !)

संयोगले दुई फरक दलको चुनावीसभा एक प्रसिद्ध शहरको विशाल फुटबल मैदानमा बनाइएका फरक फरक मञ्चमा एकै समयमा हुँदै थियो ! दुवै सभाका लाउडस्पिकर विरोधी दलको सभातिर फर्काइएका थिए ! दुवैतर्फ दलको घोषणापत्रको व्याख्या विवेचनाम्बन्धी विशेष एजेण्डा, प्रतिज्ञापत्र या भावी कार्ययोजनाको जानकारी आदि केही थिएन, तर भाषण भने धुवाँधार चल्दै थियो ! दुवैतिरबाट रसवर्षा भइरहेको थियो –

– तँ चोर !
० तँ डाँका !
– तँ पाखण्डी !
० तँ मुकुण्डोधारी !
– तँ गिद्ध !
० तँ ब्वाँसो !
– तँ एक नम्बरको झुटो !
० तँ एक नम्बरको फटाहा !
– तँ महाकुटिल !

० तँ महाधूर्त !
– तँ डन, गुन्डा र हत्याराहरूको नाइके !
० तँ तस्कर, माफिया र कालाबजारियाहरूको सरदार !
– तैँले निरपराधीलाई फर्जी प्रमाण बनाएर जेलमा कोचेको होइनस् ?
० तैँले खुँखार अपराधीलाई कैदबाट छुटाएको होइनस् ?
– तेरो ठेकेदार शालोले बनाएको दस करोडको पुल एकैझरीमा किन हो नि भत्केको ?
० तेरो ठेकेदार भिनाजुले बनाएको राष्ट्रिय गौरवको मुख्य सडकको पीच हस्तान्तरण नगर्दै उप्केर क्षतविक्षत भएको बिर्सिस् कि ?

– तँ जनताको ठूलो दुश्मन होस् !
० तँ देशघाती अपराधी होस् !
– तँ घोर भष्टाचारी !
० तँ देश बेच्न तम्सेको ! लेण्डुप !
– तैँले अरबौँको भ्रष्टाचार गरेको प्रमाण छ मसँग !
० तैँले घुस लेनदेन गर्दाको टेपरेकर्ड छ मसँग !
– तेरो स्वीसबैङ्कको खाता नम्बर बताइदिऊँ कि ?
० लागू औषधि र सुन तस्करीको अन्डरवर्ल्ड बादसाह को हो नि ? यही सभामै नाम लिऊँ कि ?
– तेरो विदेशीसँगको साँठगाँठको पर्दाफास गरिदिऊँ म पनि ?
० भूमाफियाको सरगना को हो नि ? सरकारी जमिन हडप गर्नेहरू एक एकको हुलिया र प्रमाण पेस गरूँ त म पनि ?

– तँ घोर प्रतिगामी होस् ! देशलाई अन्धकारमा ढकेल्ने गोप्य खेलमा तेरो अहं भूमिका र न्यूनाधिक योजनाकार समेत रहेको प्रमाण मसँग पनि छ बाबू !
० तँ त झन् षड्यन्त्रकारी विदेशी एजेन्ट नै होस् ! देशलाई खण्ड खण्ड पार्ने तिमीहरूको गोप्य योजनाको फाइल मसँग आइपुगेको छ ! स्रोत बताऊँ कि ?
– पख् त, तँ धूर्त स्याल ! अब त अति भयो !
० तँ त झन् विदेशी नश्लको लोभी कुत्ता ! खपी नसक्नु भो !
– भोँ ! भोँ !
० हुइय्याँ ! हुइय्याँ !

त्यसपछि दुवै चुनावी सभामा अचम्मको दृश्य देखियो ! त्यहाँ उपस्थितमध्ये धेरैले एकाएक एकै स्वरमा “हुइय्याँ हुइय्याँ” गर्न थाले ! केहीले चाहिँ “कुइँ कुइँ” गर्दै त्यहाँबाट कुलेलम ठोक्नु नै उचित ठाने ! यता भने धेरैबेरदेखि सभामा भाषण ठोकिरहेका, विचार सिद्धान्त पटक्कै नमिल्ने दुई विपरीत ध्रुवका भिन्न दलका नेताहरूले “भ्रममा रहेछौँ, अब सबै सच्चियो !” भनेर आपसमा हात मिलाउँदै एकअर्कालाई गम्रङ्ग अँगालोमा बाँधी अपार आत्मीयता प्रदर्शन गर्दै गरेको देखेर सभा भरिभराउ पार्न पैसा खर्च गरी गाउँ गाउँबाट बस, ट्रेक्टर, जीप आदिबाट ओसारेर ल्याइएका दुवै सभाका अबोध श्रोताचाहिँ ट्वाल्ल परेर हेरेको हेर्यै भए ! अरु के पो गरून् त ! बुझून् त ज्ञान छैन, महसुस गरून् त चेतना छैन, विद्रोह गरून् त आँट छैन ! भोको पेट, नाङ्गो र रुग्ण तन भए पनि आँखा भएका अन्धाहरूले यिनैमध्ये कुनै यौटालाई आफ्नो अमूल्य भोट हाल्ने होलान्, र सुन्दर परिवर्तनका साथमा देशको कायापलट हुने आशमा मूर्ख बन्ने होलान् पुनः अर्को पाँच वर्षका लागि !!

०००
दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन