सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

असुर पाताल

कहिलेकाहि लाग्छ देशको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै असुर-पातालले स्यामसुङ फोनको रणनीति अपनाएको हुन सक्छ ।

Nepal Telecom ad

रक्तबीज, बकासुर, यो सुर, उ सुर, गु सुर । राक्षसै-राक्षस, असुरै-असुर । तिनैको संस्था “असुर-पाताल” उर्फ अस्पताल । त्यसमा केहि प्रल्हादहरू छन् । बिभिसण पनि छन् ।

अधिकांश डाँका छन् । मान्छेको मासु खाका छन् । त्यसमा काम गर्ने । पैसा भनेपछि मर्ने । काम बचाउने हो तर प्राय प्राण हर्ने । विशेष किसिमको केमिकलले तयार गरिएको हुन्छ एउटा “डाउटर”।

लुट्न मात्र खोज्छन् । बहाना बनाएर सुई घोच्छन् । सायद, अरूलाई पैसाको मेसिन सोच्छन् ?। चिरफार गरिहालो । लाखको बिटो झरिहालो । लघु उपन्यासजस्तो नबुझिने अक्षरमा औषधीको बिल। रोउँ कि हाँसु जँचाउनेलाई फिल ।

सेवा भन्दै चलाकै छन् दोकान । पाएकै छन् मान । दिएकै छन् सान। बढि बोल्नेको उही हो । नाक, आखा, कान ।
फेरि सबै उस्तै हुन्छन् भनेको होइन । सरकारकै अनुहार परेको दुरुस्तै हुन्छन् भनेको होइन ।

कतै कोहि डाउटर भन्दा बेसी हुन्छन् । चिकित्सा क्षेत्रको मेस्सि हुन्छन् । रोनाल्डोका फ्यानले मन नदुखाउनु । उदाहरण हो । कोहि रूईत कोहि के.सि. हुन्छन् ।

असुर-पातालको लत जाँडरक्सी, जुवातास भन्दा भयंकर । आधा सम्पत्ति स्वाहाः । बल्ल थाह हुन्छ कहाँ । ए त्यहाँ ?। कहाँ ? डाउटर होस कि रोगी ।

डाउटरको पढाइमा । रोगीको सलाइनपानी चढाईमा ।

बिचरा डाउटरको कुनै दोष पनि होइन । लाखौं लगानी गरेर किनेको सर्टिफिकेट बापत दुईचार जना त मार्नै पर्यो । दशैं-तिहार, शनिबार मासुभात दार्नै पर्यो । जग्गा बन्दकी राखेको फुकाउनै पर्यो । आठ-दस किड्नी, पाँच-सात कलेजो त लुकाउनै पर्यो ।

इमानमा जेसुकै भएपनि । शरीरमा सेतो कोट लगाएर । घाँटीमा आला झुण्डाएर । उनीहरूलाई पनि हिंड्न कहाँ मन हो र ?।

जन्मिने बित्तिकै बा’ले “मेरो सन्तान डाउटर बन्च” भनेपछि के लागोस् बिचाराहरूको ।
सके अठार घण्टा पढ्ने । होईन भने खेत छँदैछन् । घण्टा पढ्ने । बेच्ने किलास चढ्ने ।
किलास जान अल्छि लागे खेताला राख्ने । खेताला पनि राख्न झ्याउ भए बजारमा जाने । एउटा डाउटरको प्रमाणपत्र किन्ने । सरासर असुर-पाताल हिन्ने ।

पछि त छँदैछन् नि । जति टेस्ट उनीहरूले पढुन्जेल दिए । त्यति हरेक रोगीलाई भिडाउने । बाह्र नम्बर कान्टर, चौध नम्बर कोठा भन्दै कुदाउने । टाउको दुखेर आउनेलाई चार दिन सुताउने । बिल देखाएर तर्साउने । हर्ट एट्याक आउँछ । फेरि भर्ना गर्न लगाउने ।

रोगी पनि कमका हुन्छन् ? म सधैं पुईक्क पाध्थेँ। अचेल दुईदिनदेखि भ्वाँक्क पाध्दैछु भन्दै रून्छन । पेट फुटुन्जेल चिल्लो, चट्पटे, सेकुवा, छोईला, ग्रेभी, पानीपुरी नानाथरि घिच्छन् । टाउको दुखुन्जेल रम, ह्विस्की, भोड्का, जिन, खोया बिर्के पिउँछन् । फोक्सो गलुन्जेल बिँडी, चुरोट, सिँगार, हुक्का तान्छन् । गाला च्यातिउन्जेल गुटखा, पान, सुर्ती, रजनीगंधा च्याप्छन् । फ्रेसमा बस्नै सक्दैनन् । सधैंभरि झ्याप छन् ।
निको पार्दिए जय ! जय ! जय ! जय !
कोनि ? पार्दिए । ढुङ्गा मुढा हान्दियो । झापड, लात, मुक्का तान्दियो ।
सजिलो छ । कानुनले आँखा देख्दैन । कान त्यस्तै कुनै नाम पछाडि डाउटर जोड्नेले बिगारिदिएको छ ।

कहिलेकाहि लाग्छ देशको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै असुर-पातालले स्यामसुङ फोनको रणनीति अपनाएको हुन सक्छ । स्टोरेज फुल भनेर डाउटरलाई मेसेज आउँदो हो । उनीहरू भटाभट डिलिट गर्दा हुन् । कोही-कोहि फरम्याट पनि हान्दा हुन् ।
राम्रै हो । देशको हित चिताउनु । दुई चारजना बिताउनु ।

कुनै-कुनै डाउटर र रोगी दुश्मन बनेको हुन सक्छ । “तेरो आँखा निकालेर गुच्चा खेल्छु” भनेको हुन सक्छ । बाचा त पुरा गर्नै पर्यो ।
कुनै साथी होलान् । अप्रेसन सकिएपछि । पेटमा कैंची/पञ्जा उपहार छोड्दै रोलान् ।
भु.पू. पर्ली । लजाउदै उपचार गर्नै पर्यो । एक ठाउँमा काट्न खोज्दा अन्त काटिएला । भैहाल्छ नि हौ प्यारमा । बर्षौंको ईन्तजारमा ।

उनीहरूको पनि जागीर हो । गएर गिर्ने काम हो । दुखे औषधी । पाके चिर्ने काम हो । दोष उनीहरूको होईन । जे होस् उनीहरूको होईन । तिन्लाई चलाउने हातको हो । अपराध गरि ङिच्च पर्ने दाँतको हो । त्यस्तालाई चिन्न पर्छ । सतर्क भएर हिन्न पर्छ ।
घोक्र्याउन/लछार्न/पछार्न या डाँडा कटाउन पर्छ । चिकित्सा क्षेत्रबाट हटाउन पर्छ ।

होईन भने स्वास्थ्य सधैँ यसरि नै चिच्याईरहन्छ “म स्वास्थ्य हुँ मलाई हरेकको पहुँचमा पठाऊ ।”
रोगले कुरीकुरी गरेर गिज्याइरहन्छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
फलानो

फलानो

सुरज पराजुली
हन्ते भुँडी

हन्ते भुँडी

सुरज पराजुली
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन