साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काव्यवाचनमा अनुपमको १०९ औँ शृङ्खला

कार्यक्रममा विविध विषयलाई आत्मसात गरी रचिएका सिर्जनाहरू प्रस्तुत गरिए पनि बहुसङ्ख्यक सिर्जना शहीदप्रति समर्पित थिए ।

Nepal Telecom ad

अनुपम सिर्जना प्रतिष्ठान नेपालले मासिक सिर्जना वाचनको १०९ औँ शृङ्खला सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो कविवर पुरुषोत्तम सिग्देल । संस्थाका बरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलले मन्तव्यमार्फत सहभागी स्रष्टालाई स्वागत गर्नुभएको थियो । त्यसपछि रचना वाचनको क्रम सुरु भयो ।

अनलाइन माध्यमबाट सम्पन्न कार्यक्रममा देशका विभिन्न भू-भागबाट साहित्यिक स्रष्टाहरू जोडिनुभएको थियो । कार्यक्रममा वीरबहादुर लोहनी, खगेन्द्रप्रसाद बस्याल, सुधा बास्कोटा ढकाल, भुवनहरि सिग्देल, नरनाथ लुइँटेल, उर्मिला पन्त, भावकेशर बराल, सूर्यकुमार पण्डित, उत्तम विचार, बमबहादुर थापा ‘जिताली’, घनश्याम पौडेल, लक्ष्मीप्रसाद मिश्र, विनुबाबा घिमिरे, पूणर्प्रसाद पन्त तथा जितु खड्काले आआफ्ना सिर्जना वाचन गर्नुुुभयो ।

कार्यक्रममा विविध विषयलाई आत्मसात गरी रचिएका सिर्जनाहरू प्रस्तुत गरिए पनि बहुसङ्ख्यक सिर्जना शहीदप्रति समर्पित थिए । वाचित सिर्जनालाई प्रमुख अतिथि पुरुषोत्तम सिग्देलले सङ्क्षिप्त टिप्पणी गर्दै आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका अध्यक्ष भुवनहरि सिग्देलले उपस्थित सर्जकलाई धन्यवाद भन्दै आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रम संस्थाका महासचिव जितु खड्काको संयोजनमा सम्पन्न भएको थियो ।

जीतु खड्काकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x