साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बढाऊ बेसरी बढाऊ

घुसको भाउ बढाऊ भ्रष्टाचार बढाऊ अत्याचार बढाऊ जनता हाँसी हाँसी मर्न तयार छन् महङ्गीको फाँसी चढाऊ । बढाऊ बढाऊ सुनको भाऊ बढाऊ नूनको भाऊ बढाऊ घ्यूको भाऊ बढाऊ बिउको भाऊ बढाऊ तिमी जस्तो सिमित मान्छे मिलेर जनतालाई सुलीमा चढाऊ ।

Nepal Telecom ad

मलको भाउ बढाऊ
फलको भाउ बढाऊ
तरकारी भाउ बढाऊ
सरकारी भाउ बढाऊ
जनतालाई गर्लम्म लडाऊ ।

तेलको भाउ बढाऊ
नचलेको रेलको भाउ बढाऊ
चिया सेलको भाउ बढाऊ
जनतालाई सुलीमा चढाऊ ।

जुसको भाउ बढाऊ
घुसको भाउ बढाऊ
भ्रष्टाचार बढाऊ
अत्याचार बढाऊ
जनता हाँसी हाँसी मर्न तयार छन्
महङ्गीको फाँसी चढाऊ ।

लोकतन्त्र नाममा तिमीले जति अत्याचार गरे पनि
गणतन्त्र नाममा तिमीले जति शोषण गरे पनि
यहाँ न प्रतिपक्ष बोल्छ न कोही बोल्छ
यस्ता कुराले न नेतालाई पोल्छ न पार्टीलाई पोल्छ
दुई चार दिन ती फिस्टे भातृ सङ्गठन बोल्ने हुन्
तीनको अनुहारमा, यिनै भाउ बढाउनेहरूकै खोल छ ।

बढाऊ बेसरी बढाऊ
जे जे सक्छौ बढाऊ
तिम्रो भत्ता बढाऊ
तिम्रो सत्ता बढाऊ
बरु बिकास घटाऊ
राहत घटाऊ
भत्ताले पुग्दैन भने लुगा लत्ता बढाऊ
अझ सक्छौ भने वृद्धभत्ता घटाऊ ।

जनता त यहाँ खप्न नसकेपछि
कोही पारितिर जालान्
कोही खाडीतिर जालान्
त्यत्रो पसिना बगाएपछि
एक छाक त कसो नखालान् ?
बढाऊ बढाऊ
सुनको भाऊ बढाऊ
नूनको भाऊ बढाऊ
घ्यूको भाऊ बढाऊ
बिउको भाऊ बढाऊ
तिमी जस्तो सिमित मान्छे मिलेर
जनतालाई सुलीमा चढाऊ ।

यसरी बढाउ कि
जनतालाई महङ्गिको रापले डडाऊ
खान न नपाएर पुक्लुक्क पुक्लुक्क लडाऊ
तिमीलाई के हुन्छ ?
महङ्गी बढ्यो भनेर
न तिम्रो श्रीमती रुन्छ
न तिम्रो छोराछोरी रुन्छ
रुन्छ त सर्वसाधारण रुन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x