तारादेवी र रुक्माङ्गद न्यौपानेका सुपुत्र घनश्याम न्यौपाने २०१५ असार ५ गते स्याङ्जामा जन्मिनुभएको हो । नेपाली विषयमा स्नातकोत्तर, गजलमा विद्यावारिधि हासिल गर्नुभएका न्यौपाने प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०३२ सालमा ‘जागजाग’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएका न्यौपानेको पहिलो कृतिको रूपमा ‘अन्त्यमा’ (खण्डकाव्य, २०३६) प्रकाशन भएको थियो । उहाँका ‘यो मौसम’ (गजलसङ्ग्रह, २०५०), ‘साहित्य सन्दर्भ’ (समालोचनासङ्ग्रह, २०५५) लगायत दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । उहाँले ‘सगर’, ‘रजस्थल’, ‘अनुराग’ लगायत थुप्रै पत्रिकाहरूको सम्पादन गर्नुभएको छ । न्यौपाने राष्ट्रिय शिक्षा पुरस्कार (२०४६), महेन्द्र विद्याभूषण ‘क’ (२०६२), त्रि.वि.उत्कृष्ट सेवा पुरस्कार (२०६९) लगायत सम्मान तथा पुरस्कारद्वारा सम्मानित, पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८५७०२२२०९, ९८४७०२३०१२
हिसाब र कविता
डा. घनश्याम परिश्रमी : हिसाब मेरा लागि जहिल्यै दुर्गम पहाड बन्यो, कहिले जाेडमा थाकेँ, कहिले घटाउमा
पुरा पढ्नुहाेस्कमरेडकाे शपथ
कमरेड भरखरै शपथ लिएर फर्केका छन् उनलाई केन्द्रीय महाधिवेशनकाे प्रतिनिधि बन्ने चिट्ठा पर्याे गौरवशाली पार्टीकाे केन्द्रीय
पुरा पढ्नुहाेस्

ghanashyam parisharmi


























