रुक्मिणी र काशीनाथ सुवेदीका सुपुत्र हंसपुरे सुवेदीको जन्म १९९८ मङ्सिर ३ गते हंसपुर, कास्कीमा भएको हो । डा. तीर्थराज सुवेदी नै नेपाली साहित्याकाशमा हंसपुरे सुवेदीका नामबाट परिचित थिए । विद्यावारिधि प्राप्त सुवेदी लोकसाहित्य अन्वेषक हुन् । आफ्नो जीवनको सक्रिय भाग सरकारी सेवा तथा प्राध्यापन सेवामा समर्पित सुवेदी नेपाली साहित्यमा २०२२ सालमा ‘व्यक्तिवादीको डाह वृक्षको रूपमा’ कथा प्रकाशन गरेर प्रवेश गरेका हुन् । उनका ‘संस्कृत वाङ्मय : सङ्क्षिप्त अध्ययन’ (२०३५), ‘सांस्कृतिक परिवेशमा नेपालको हलोक्रान्ति (२०५९) लगायत थुप्रै अनुसन्धfनात्मक कृतिहरू प्रकाशित छन् ।शुभ राज्याभिषेक पदक (२०३१), गद्दी आरोहण रजतपदक (२०५४) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित व्यक्तित्व सुवेदीकाे २०७७ फागुन १५ गते देहान्त भएकाे थियाे ।
लोकपद्यगत हास-परिहास र संवाद (४)
हंसपुरे सुवेदी : उपसंहार प्रस्तुत रचना खासगरी लोकपद्य, अनि लोकछन्दबारे भएको सानो दिग्दर्शन वा विवेचन हो
पुरा पढ्नुहाेस्लोकपद्यगत हास-परिहास र संवाद (३)
हंसपुरे सुवेदी : हास-परिहास- झल्कोमा संवाद नेपाली लोकसाहित्य अन्तर्गत लोकपद्यक्षेत्र व्यापक र विस्तृत छ । यहाँ
पुरा पढ्नुहाेस्लोकपद्यगत हास्यव्यङ्ग्य- (२)
हंसपुरे सुवेदी : नेपाली लोकसाहित्यका विधा-उपविधा अन्तर्गत विविध रसरङ्ग लयविधानको आफ्नै महत्त्व छ । यहाँका गद्यविधाको
पुरा पढ्नुहाेस्लोकपद्यगत हास-परिहास र संवाद (१)
हंसपुरे सुवेदी : हास-परिहास यहाँ हाँस्नुको शुद्ध सिद्धान्त खास हस्यौली-ठट्यौली हुनाको विलास, नयाँ दृष्टिका कोणका मिटभास
पुरा पढ्नुहाेस्

hansapure subedi
























