साइबर अपराध सम्बन्धी सचेतना सामग्री
महादेवी र पशुपतिप्रसाद पराजुलीका सुपुत्र कृष्णप्रसाद पराजुली वि.सं. १९९२ असार २४ गते भमरकोट, काभ्रेमा जन्मिएका हुन् । प्राध्यापन सेवाबाट निवृत पराजुली ‘परोपकार’ (२०११ गोरखापत्र) शीर्षकको रचना प्रकाशनपश्चात् साहित्यिक यात्रामा जाेडिएका थिए । पराजुलीको पहिलो कृति ‘पूर्व एक नम्बर’ (२०२२) हाे । उनका ‘नौबेली’ (कथासङ्ग्रह, २०२८), ‘फूलपात’ (निबन्धसङ्ग्रह, २०४४), ‘राम्राे रचना मिठाे नेपाली’ लगायत झण्डै तीन दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उनले ‘ज्ञानसागर’, ‘पालुवा’, ‘नेपाली बृहद् शब्दकोश’ लगायत दर्जनभन्दा बढी पत्रिकाहरूको सम्पादन गरेका छन् । उनी २०२२ को कविता प्रतियोगितामा स्वर्णपदक, जगदम्बाश्री पुरस्कार (वि.सं. २०६४) लगायत दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित व्यक्तित्व हुन् । पराजुलीकाे २०७० चैत्र २० गते ७९ वर्षको उमेरमा देहान्त भएकाे थियाे ।
बृद्धहरू गृहमन्दिरका देवता हुन्

बृद्धहरू गृहमन्दिरका देवता हुन्

गालामा चाउरी पर्दै जाँदा बृद्धहरूमा सौन्दर्य हराउला सक्रियताको मात्रा कम होला तर तिनीहरू संसार सप्रिएको हेर्न

पुरा पढ्नुहाेस्