साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृद्धहरू गृहमन्दिरका देवता हुन्

घामपानी ताप्ने छहारी दिएका छन् मानिस बस्न हुने चौतारी दिएका छन् डाँडाका जुनजस्तै भइसकेका तिनलाई बालकहरूले जस्तै खेल्न र हाँस्न देऊ श्रद्धाका सुगन्धित फूल अर्पन सिक ।

Nepal Telecom ad

गालामा चाउरी पर्दै जाँदा
बृद्धहरूमा सौन्दर्य हराउला
सक्रियताको मात्रा कम होला
तर तिनीहरू संसार सप्रिएको हेर्न चाहन्छन्
धेरै धेरै फूल फूलाई केश पकाएका हुन तिनले
त्यही अनुभवपुञ्ज-
तिनको सौन्दर्य र सक्रियताको प्रमाण हो
तिनीहरूसंँग संघर्षको कथा हुन्छ
खरिएको जिउँदो इतिहास हुन्छ
त्यसैले ती श्रद्देय छन् पूज्य छन्
तिनलाई तिरस्कारमा होइन
सेवा र सत्कारमा बाँच्न देऊ !
मैले बृद्ध आमाबाबुलाई
दाउरा र लौरो उज्याउने
खल सिलौटा उठाएर हान्न तम्सने
अबुझ सन्तान पनि देखेको छु
धिक्कार लाग्छ त्यस्ता सन्तान हुनु ।
परिचयमा बाबुवाजेको नाम लेख्दा
अब उनीहरू कसको नाम लेख्छन् ?
तिनले सोच्नुपर्छ- बाबु फाल्ने डोकोमा
बाबु मात्र हुँदैनन् डोको पनि हुन्छ
त्यस्तै डोको बोकेर फाल्न नातीहरू तयार हुन्छन्
र ती पनि समयलाई पर्खिरहन्छन्
बृद्धहरू त गृहमन्दिरका देवता हुन्
सावधान ! तिनलाई सताउनु हुँदैन
मन्दिरका देवतालाई विस्थापितगर्नु हुँदैन !
अहिले बृद्धवर्ष हो भने सोच्नुपर्छ
उनीहरूले सत्तल र पाटी कुर्नु नपरोस्
सडकका पेटीमा सुत्नु नपरोस्
आफ्नै सन्तानबाट तिनले परचक्री हुनु नपरोस् ।
बृद्धहरू नभए राष्ट्र निदाउँछ
तिनीहरू त रुख हुन्
रुखका हाँगा काट्नु हुँदैन
हाँगा काट्नु आफैं काटिनु हो
बृद्धहरूले जीवनभर लागेर
घामपानी ताप्ने छहारी दिएका छन्
मानिस बस्न हुने चौतारी दिएका छन्
डाँडाका जुनजस्तै भइसकेका तिनलाई
बालकहरूले जस्तै खेल्न र हाँस्न देऊ
श्रद्धाका सुगन्धित फूल अर्पन सिक ।

०००
जस्केलो (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x