साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोइलो किन ?

धन सम्पत्तिले अपनत्व चिप्ल्यायो बिचौलियाले सरकार चिप्ल्यायो अझ कति चिप्ल्याउने योजना बन्दै छ जाबो केराको बोक्रामा चिप्लिएर केको रोइलो गर्नुहुन्छ महोदय !?

Nepal Telecom ad

कहिले हामी उता चिप्लन्छौँ
कहिले हामी यता चिप्लन्छौँ
नाथे आफैंले फ्यालेको
केराको बोक्रामा
चिप्लन्छौँ
घरभित्र पोखिएको पानीले
उत्तानो बनाउँछ हामीलाई
खुट्टाको जुत्ताले उछिट्याएर
खाल्डोमा जाकेको छ कतिलाई
मुखभित्रको जिभ्रोले चिप्ल्याउँदा
बद्नाम बनाएको छ कतिलाई
यहाँ दाजुले भाइलाई
छोराले बाउलाई
श्रीमतीले श्रीमानलाई
व्यापारीले ग्राहकलाई
पुरेतले जजमानलाई
सरकारले जनतालाई
चिप्ल्याउँदा केही भएको छैन
जाबो केराको बोक्रामा चिप्लिएर
केको रोइलो गर्नु हुन्छ महोदय
भ्रष्टाचारले देश चिप्ल्यायो
अन्धविश्वासले समाज चिप्ल्यायो
बेरोजगारीले युवा चिप्ल्यायो
धन सम्पत्तिले
अपनत्व चिप्ल्यायो
बिचौलियाले
सरकार चिप्ल्यायो
अझ कति चिप्ल्याउने
योजना बन्दै छ
जाबो केराको बोक्रामा चिप्लिएर
केको रोइलो गर्नुहुन्छ महोदय !?

०००
(९८४३०५४१६१)
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x