राधिकादेवी र हिमप्रसाद दाहालका सुपुत्र कृष्णप्रसाद दाहाल २०१६ माघ २२ गते धरान, सुनसरीमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि गर्नुभएका दाहाल प्राध्यापन सेवामा सम्वद्ध हुनुहुन्छ । हाल काठमाडौं बस्दै आउनुभएका दाहाल २०३१ सालमा ‘मोतीराम भट्टका बारेमा लेखेका कविता’ प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘केही कवि केही कविता’ (सहलेखन, २०४३) लगायत थुप्रै समालोचनाका पुस्तकहरू प्रकाशित छन् । उहाँ ‘महेन्द्र विद्याभूषण ‘क’ (२०५९) लगायत पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ ।
मुखालेका कवितामा व्यङ्ग्यात्मकता
डा. कृष्णप्रसाद दाहाल : भावनाको कसिलो र लयात्मक अभिव्यक्तिका रूपमा कवितालाई लिने गरिन्छ । सूत्रात्मकतामा व्यापकता
पुरा पढ्नुहाेस्

krishna prasad dahal

























