साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलङ्गवामा बुढ्यौली साहित्य

सभाध्यक्षता बुसास रौतहट—सर्लाहीका अध्यक्ष लम्बोदर काफ्लेले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्य साहित्यकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो ।

Nepal Telecom ad

बुढ्यौली साहित्य समाज रौतहट—सर्लाहीको आयोजनामा २०८० फागुन १९ गते शनिबार सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा कार्यक्रमको छैठौँ शृङ्खला सम्पन्न भएको छ ।

नेपालको धनुषा, महोत्तरी, सर्लाही, रौतहट जिल्लाका तथा भारतका साहित्यकार सम्मिलित सो कार्यक्रममा अजयकुमार झा, कुमार दाहाल कुसुम, मीना देवकोटा, राजेश्वरी काफ्ले, महात्मा भूपानन्द, बख्तियार अली, महेश्वर पाण्डे, नथुनी महतो, शिवचन्द्र चौधरी, नागेन्द्र झा, डा.अब्दुल रहिम मिकरानी, मोहम्मद कमरुद्दिन नदाम र राजेन्द्र ठाकुरले आआफ्ना कविता, गीत, गजल जस्ता प्रायः लघुआयामका रचना सुनाउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय एकाइ सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा तथा साहित्यप्रेमी उग्रकान्त झा, मुकेश मिश्र, रामनिवास साह, योग्यनारायण ठाकुर, रामनरेश राय यादव, ईश्वरलाल महतो, डा.रामवृक्ष महतोलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बुढ्यौली साहित्य समाज मधेस प्रदेश सदस्य रामचन्द्र कुशवाहाको संयोजकत्वमा भएको सो कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारी, जिसए प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा तथा साहित्यकार लम्बोदर काफ्ले र नथुनी सहनीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमका सम्पूर्ण सहभागीहरूलाई गम्छा पहिर्याएर स्वागत गरिएको थियो ।

कुशवाहा धर्मशालाको सभाकक्षमा भएको सो कार्यक्रमको सञ्चालन बुसास रौतहट—सर्लाहीका सचिव किसुनदयाल यादवले, सभाध्यक्षता बुसास रौतहट—सर्लाहीका अध्यक्ष लम्बोदर काफ्लेले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्य साहित्यकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x