साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रमबाट आमाकाे आशीर्वाद

उमेर गयाे लाग्याे बुढ्याैली नसाेच मनमा केगरि खाउली ।। चिन्ता र व्यथामा डुबिरहेछु तिम्रा भाग्यलाई सम्झिरहेछु ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

आमा पियारी भएँ काख झेल्दा
हास्थ्याै र रुन्थ्याै गुडुल्की खेल्दा ।

शित्तल हुन्थ्याे मन तिमी काख बस्दा
मन मेराे रुन्थ्याे झाेलुङ्गाे खस्दा ।

मेरा शरिरमा तिम्रा ती फाेहर
हाँसिखुसीमा रहन्थ्याे मुहार।

तिमीलाई कहिल्यै नहाेस् केही
तिम्रा त्याे पीडा लिन्थेँ म सबै ।

भाेक र प्यास सबै तिमीमा
भुल्याै नि आज मायामहिमा ।

आशीर्वाद सधैं मान्य छ मेराे
चिरायु जन्म सधै हाेस् तिम्राे ।

सत्कर्म गर्नु मिठास बाेली
माया ममता दिनु कण्ठ खाेली ।

उमेर गयाे लाग्याे बुढ्याैली
नसाेच मनमा केगरि खाउली ।।

चिन्ता र व्यथामा डुबिरहेछु
तिम्रा भाग्यलाई सम्झिरहेछु ।

आउनु भेट्न जहाँछाै तिमी
हाँसिखुसी मन एक्लै छु म नि ।

पिरताप छैन लाउन र खान
बिर्सि सकियाे अब घर जान ।

म जस्ता धेरै साथी झेल्दैछु
बृद्धाश्रममा हाँसि खेल्दैछु ।

धेरै भयाे नि आयाे तिम्राे याद
यहिँबाट मेराे तिमीमा आशीर्वाद

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x