विश्वनाथ ढुङ्गेलवृद्धाश्रमबाट आमाकाे आशीर्वाद
उमेर गयाे लाग्याे बुढ्याैली नसाेच मनमा केगरि खाउली ।। चिन्ता र व्यथामा डुबिरहेछु तिम्रा भाग्यलाई सम्झिरहेछु ।

विश्वनाथ ढुङ्गेल :
आमा पियारी भएँ काख झेल्दा
हास्थ्याै र रुन्थ्याै गुडुल्की खेल्दा ।
शित्तल हुन्थ्याे मन तिमी काख बस्दा
मन मेराे रुन्थ्याे झाेलुङ्गाे खस्दा ।
मेरा शरिरमा तिम्रा ती फाेहर
हाँसिखुसीमा रहन्थ्याे मुहार।
तिमीलाई कहिल्यै नहाेस् केही
तिम्रा त्याे पीडा लिन्थेँ म सबै ।
भाेक र प्यास सबै तिमीमा
भुल्याै नि आज मायामहिमा ।
आशीर्वाद सधैं मान्य छ मेराे
चिरायु जन्म सधै हाेस् तिम्राे ।
सत्कर्म गर्नु मिठास बाेली
माया ममता दिनु कण्ठ खाेली ।
उमेर गयाे लाग्याे बुढ्याैली
नसाेच मनमा केगरि खाउली ।।
चिन्ता र व्यथामा डुबिरहेछु
तिम्रा भाग्यलाई सम्झिरहेछु ।
आउनु भेट्न जहाँछाै तिमी
हाँसिखुसी मन एक्लै छु म नि ।
पिरताप छैन लाउन र खान
बिर्सि सकियाे अब घर जान ।
म जस्ता धेरै साथी झेल्दैछु
बृद्धाश्रममा हाँसि खेल्दैछु ।
धेरै भयाे नि आयाे तिम्राे याद
यहिँबाट मेराे तिमीमा आशीर्वाद
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































