चेवनचन्द्र बस्नेतआमाबाबाका शुभ वचनले
सिक्दै जाँदामा कति दिन गए भोक तिर्खा मरेर काला सेता मा परिणत भए केश पाक्दै झरेर यस्ता आकर्षी अविरल पथी साथमा नै सजाऊँ आमाबाबाका शुभ बचनले यो जगत् जित्न पाऊँ ।

चेवन बस्नेत ठुलाघरे :
ढुङ्गा माटोमा पलपल लडेँ झट्ट कुद्दै उठाए
भोकाएकोमा हरपल खटी दुग्ध ल्याएर प्याए
विश्वासी माता प्रियवर पिता दिव्य हुन् भक्ति लाऊँ
आमाबाबाका शुभ बचनले यो जगत् जित्न पाऊँ ।।१।।
छोराछोरीले सब दिन ठुलो तीर्थ ठानी बुबामा
लाग्दै सेवामा हरपल जुटे मोह राखी सबैमा
अर्ती पाकाका निशिदिन लिँदै पाउमा झुक्न जाऊँ
आमाबाबाका शुभ बचनले यो जगत् जित्न पाऊँ ।।२।।
मेरी माताको शुभ पल उठी ढोग गर्दै गलामा
माला मोतीका झटपट जसै रम्य पारी पलामा
तिम्रै मायाको सबल कुटुरो प्रेमले राख्न पाऊँ
आमाबाबाका शुभ बचनले यो जगत् जित्न पाऊँ ।।३।।
पाका साठी का खुब जतनले ज्ञान छर्दै चिटिक्कै
बोली बाँड्दैछन् हरपल तिनी छैन फिक्री फिटिक्कै
यस्ता ज्ञानीका सब पल कुरा ख्याल गर्दै रमाऊँ
आमाबाबाका शुभ बचनले यो जगत् जित्न पाऊँ ।।४।।
सिक्दै जाँदामा कति दिन गए भोक तिर्खा मरेर
काला सेता मा परिणत भए केश पाक्दै झरेर
यस्ता आकर्षी अविरल पथी साथमा नै सजाऊँ
आमाबाबाका शुभ बचनले यो जगत् जित्न पाऊँ ।।५।।
०००
भक्तपुर बुढ्याैली समाजकाे छन्द प्रशिक्षणबाट सुटुक्क
Subscribe
Login
0 Comments
Oldest







































