साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टेष्ट-ट्यूब जमाना !

के को लाज, यो जमानै ता परिवर्तनको जमाना हो । माई बोडी माई विश । मातृगर्भमा दश महिनासम्म अलि अलि गर्दै सन्तान निर्माण नहुँदा पनि चल्छ ।

Nepal Telecom ad

अहिले जताततै परिवर्तनको हावा बहिरहेको छ । परिवर्तनको खोजमा आधुनिक कोलम्बसहरू झिटीमिटी लिएर चक्कर लाइरहेका छन् । चारैतिर परिवर्तनै परिवर्तन । सबै कुरामा परिवर्तन आइसक्यो यहाँ । अब मान्छे मात्र परिवर्तन हुनु बाँकी छ । साँच्चै मान्छे परिवर्तन भए के हुन्छ होला, कस्तो हुन्छ होला ! यसै पनि मान्छेको चालचलन, आनीबानी, रहनसहन, मानसिकता अनि पहिरनमा समेत परिवर्तन आइसकेको छ । टाढ़ा किन जानु ? युवतीहरूको नाइटोले कुण्डल लाउन थालिसक्यो । पहिले बगरेको पसलमा झुण्ड्याइएका खसीका फिलाहरू बाहेक कसैको फिला हेर्ने सौभाग्य जुर्दैनथ्यो। अचेल ता बाटाभरि, टोटो रिक्शा जताततै डिजाइन-डिजाइनका फिलाहरू हाकाहाकी देख्न पाइन्छ । यसलाई परिवर्तन नभनेर के भन्नु ?

परिवर्तनको यो प्रतियोगितामा मान्छे परिवर्तन भएर संसारको सबैभन्दा डरलाग्दो जनावरको रूपमा परिणत हुनेछ । सर्वप्रथम, मान्छेको शरीर विस्तारै-विस्तारै परिवर्तन हुँदै जानेछ । टाउकोदेखि परिवर्तन हुँदै जानेछ- यो एउटा अनुमान मात्र । हाम्रो शरीरमा चिन्हको रूपमा रहेका जति पनि विशेषताहरू छन् ती नहुँदा पनि चल्छ । ती विशेषताहरू क्रमशः अदृश्य हुनेछन्, ती सबै निष्क्रिय मांसपेशी हुन् । ती विशेषताहरू कुनै कानमा, केही आँखाको डिलमा, केही नाकको टोड़्कामा । हामीलाई थाहै हुँदैन, यी सबै अदृश्य हुनेछन् । ठूलो प्रकारको परिवर्तन, आँखामा ठ्याक्कै लागिहाल्ने । ती हुन्- हात र खुट्टाका बूढ़ीऔँलीहरू रहने छैनन् । भविष्यमा नानीहरू बूढ़ीऔंलीबिनै जन्मिनेछन् । यसलाई ‘जेनेटिक परिवर्तन’ भनिन्छ ।

नदी किनारको डिल विस्तारै-विस्तारै धस्केजस्तो यो परिवर्तन पनि श्लो मोसनमा हुनेछ शरीरका धेर ठाउँमा अनिवार्य हुनुपर्ने रौं, केश, भुत्ला, छुसीहरू उम्रिने छैनन् । टाउको पनि चुच्चे बयरको दानाजस्तो हुनु बेर छैन ।

यो परिवर्तनले अरूलाई कोनि तर मोडर्न मेडिसिन, साइण्टिफिक सर्जरी, अर्गेन ट्रान्सप्लाण्ट, प्लास्टिक सर्जरीका डाक्टरहरू बढ़ी मात्रामा रमाउनेछन् । नाक तिखो तिखो पार्नोस् कि लाम्चिलो, सानु पार्नोस् कि ढ्याब्रे तपाईंको मर्जी । कान दुईवटा अलग-अलग भए पनि चल्छ । आँखा तिनिक-तिनिक पार्नोस् कि आँखाको नानीमा रङ्गीविरङ्गी पुतलीको नक्शा टाँस्नोस् तपाईंको मर्जी । घूँड़ाका दुईवटै पाङ्ग्रामा बलवियरिङ् फिट गर्नोस्, अर्काको कृत्रिम किडनी बोकेर हिँड़्नोस् । जिउमा आफ्नो भन्ने केही नभए पनि यो एउटा महापरिवर्तन हो…महापरिवर्तन ।

अचेल फेरि जेनेटिक कारीगरी शुरू भएको छ, ‘क्लोनिङ्’ को जमाना आइसकेको छ । तपाईंजस्तै एउटा अर्का मान्छे तपाईंकै जीवकोषबाट तयार हुनेछ । तपाईंलाई अचेल एकजोड़ी हातले पुग्दैन, यो एकजोड़ी हात अचेल यथेष्ट छैन, तपाईंलाई दुर्गामाताको जस्तो दशभुजा चाहिन्छ । नो प्रोब्लेम, अर्डर गर्नोस् तपाईंका दुइवटा हातकै वरिपरि अरू आठ-आठवटा हातहरू सजिलैसित थपिनेछन् । चाहियो भने रावणकोजस्तो टाउको पनि थप्नु सक्नुहुनेछ । के को लाज, यो जमानै ता परिवर्तनको जमाना हो । माई बोडी माई विश । मातृगर्भमा दश महिनासम्म अलि अलि गर्दै सन्तान निर्माण नहुँदा पनि चल्छ ।

अरे ! टेष्ट ट्यूबको जमाना छ भाइ… टेष्ट ट्यूबको जमाना । टेष्ट ट्यूब मात्रै हजूर ? अब भोलिको दिनमा बोतलमा, बयममा बच्चाहरू तयार हुनेछन् । छोरा चाहियो कि छोरी ? जे चाहिन्छ त्यही रेडिमेड पाइन्छ । किनभने यो परिवर्तनको जमाना हो ।

०००
जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x