साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम र उपनाम

जुन दिन तिम्रो अहंकार मेटिन्छ, जुन दिन निस्वार्थ सदकर्म गर्छौ त्यो दिन तिम्रो कार्यको मूल्याङ्कन अवश्य हुनेछ । त्यो दिन तिमी नामको पछि होइन नाम र सम्मान तिम्रो पछि लागेर आउने छ ।

Nepal Telecom ad

आजकल धेरै जस्तो मानिसहरू आफ्नो आमाबुवाले दिनुभएको नामलाई अवहेलना गर्छन् । छि कति पुरानो नाम राखिदिएको भन्छन् अनि नामलाई बदलेर अर्कै नाम राख्छन् । त्यो नाममा आमाबुवाको जुन आशीर्वाद र माया हुन्छ, सबै बिर्सिन्छन् ।

आजकल धेरैजसोले उपनाम राख्ने चलन छ, उपनामले नै चिनिन्छ । हाम्रा साहित्यकारहरू पनि धेरै जस्तो उपनामले नै चिनिन्छन् ।

अचम्मको चलन यो उपनाम हुनैपर्ने नभए उल्टा मान्छेहरू । आफै पो राखिदिन्छन त आफूलाई थाहै हुन्न । हाम्रो समाजमा पनि यस्तो ब्यक्तिहरूको कमि छैन आफू चैं राम्रै हेर्दा चामुन्डा जस्तै किन नहोस् अरुको नाम राख्न उनी पहिलो स्तरमा हुन्छन् ।

थरी थरीका ब्यक्तिहरू हुन्छन्- हाम्रो समाजमा आमा बुवाले प्यारो नाम दिएका हुन्छन्- शंकर, गोपाल आदि । उनीहरूले बिगारेर शंकरे, गोफ्ले बनाइ दिन्छन् । नानी कति राम्रो खेलाउँ खेलाउँ लाग्दो हुन्छ गाउँभरीकाले नाम बिगारेर काले, प्याते, धल्लु, भुंडे जस्ता नामहरूले बोलाइ दिन्छन् ।

हाम्रो समाजमा औरतहरूको त झनै कुरै नगर्दा हुन्छ । दिन भरिका काम हतार हतार सक्छन् अनि बाटोमा भेला हुन्छन्- भएभरका सबै । अनि एकजना बाटोमा देख्नुपर्छ अन्त कुरा सुरु हुन्छ हौ, यो केटी कोंदी न कोंदी है, अलिक राम्रो हाइफाइ लुगा लगाको देख्यो भने लुगा चैं भएन है छि राम्रै बार डान्सर जस्तो है भन्छन् । अलिकति मोटो देख्यो भने आम्मामामा के साह्रो मोटो है भ्यात्ली, ढोइ जस्तो भन्छन् । दुब्लो पात्लो देख्यो भने के साह्रो बाँस जस्तो सिद्रा जस्तो सुकेको है भन्छन् । केही गर्दा पनि जस पाइन्न यो संसारमा ।

कोही यसै नामको लागि एउटै क्षेत्रमा रहेर पनि खुट्टा तानातान गर्छन् । अर्कोले आएकालाई रिस गर्छन् न त आफ्नु औकातले नाम कमाउँछन् न त अरुले परिश्रमले नाम कमाएकोमा समर्थन नै गर्छन् ।

यो नाम पनि अचम्मको हुन्छ । कसैले आफ्नु भएभरको पूंजी लगाएर पनि कमाउनु सक्दैनन् कसैले पैसा दिएर आफूलाई सम्मान गरिदिन अनुरोध गर्छन् कसैले पैसा दिएर आफूलाई मोमेन्टो दिएर बर्को ओडाइ सम्मान मांग्छन् । कसैले चै आफ्नू त औकात हुँदैन त्यो क्षमता पनि हुँदैन बूढा या बूढीको आडमा या त कोही आफन्तको आडमा चियर तताएर सोँच्छन कि नाम छ मेरो भनेर । तर उसको त्यहाँ एउटा झाँक्रीको ढोले जतिको पनि इज्जत हुँदैन । उसले सोँच्छ- मलाई सबैले नमस्कार गर्छन् । तर ऊ गतिलो भएको भए उसले बुझ्नेथ्यो त्यो नमस्कार उस्को इज्जत होइन बेज्जती हो भनेर । तर पनि ऊ त्यहाँ खुसीले गदगद भएर चियर तताएर बसिरहेको हुन्छ । बिचार गर्नु पनि के गरोस् त आफूले नाम कमाउने त औकात भए पो । कठैबरि चुक चुक चुक चुक ….!

कसैले नाम कमाए हाम्रो समाजमा कतिपय मान्छेहरू सुन्नै सक्दैनन् न त आफैंले नाम कमाउनु सक्छन् । हामीले देख्ने गर्छौ कति किताबहरूमा पनि जस्तै नाम सिमा छ भने सिमा ‘अमर’, सिमा ‘सुन्दर’ सिमा ‘काले’ सिमा ‘भाले’ जस्ता अनेकौं नामहरू हुन्छ । म जान्न चाहन्छु के उनीहरू आफ्ना आमाबुवाले दिनु भएको नाममा सन्तुष्ट छैनन् ? खै जान्न पाए हुन्थ्यो ।

मलाई त मेरा आमाबुवाले दिनुभएको नाम नै प्यारो लाग्छ । नाम सबैले कमाएको राम्रो हो । कसैले राम्रो ढंगले नाम कमाइरहेका हुन्छन् भने कसैले नराम्रो । हुन पनि हाम्रो समाज नै त त्यस्तो छ । राम्रो सम्मान सहित नाम कमाउनेलाई त हेर्नै सक्दैनन् । उनको पछि लाग्छन्, खुट्टा तान्छन् बदनाम गर्न खोज्छन् तर नराम्रोलाई पहिला नै फेमस बनाउँछ्न् लाइभ गरेर संसारभरी पुर्‍याउँछ्न् । आफ्नू गाउँघरको बद्नामीलाई लाइभ गरिगरि देखाउनु भन्दा आफ्नू गाउँघरमा बसि सद्कर्म गर्ने, गाउँको नाम रिशन गर्नेहरूलाई होसला दिनु नि ! तर छैन । नराम्रो कुरा छिटो फैलाउँछन्, राम्रोलाई अघि बढ्नै दिँदैनन । यस्तै छ है यहाँको चलन ।

राम्रो सद्भावनाले नाम कमाउने जो कसैलाई पनि सम्मान गरौं । तिमी हामी सबै मिलेर सम्मान कमाउँ । किन तैंछाड र मैछाड गर्नु ? नामको कमि छैन यहाँ । तिमी सदकर्म गर्दै जाउँ आफूभन्दा लायक आफूभन्दा उच्चकोटीका मानिसहरूको सम्मान गर्नु सिक । उनीहरू बाट एउटा भए पनि केही कुरा सिक । अर्कालाई दुनियाँ नाम दिएर के फाइदा ? आफू पहिला त्यो लायक बन, अर्काको आडमा कति दिन चियर तताउँछौ ?

आफ्नै छुट्टै नाम बनाउने प्रयास गर । नाम र सम्मानको लागि पैसा कमाउनु पर्दैन । के पैसा दिएर कमाएको मोमेन्टो र बर्की ओडेर तिमी सन्तुष्ट छौ ? ऐना अगाडि उभिएर आफैलाई प्रश्न गर । जुन दिन तिम्रो अहंकार मेटिन्छ, जुन दिन निस्वार्थ सदकर्म गर्छौ त्यो दिन तिम्रो कार्यको मूल्याङ्कन अवश्य हुनेछ । त्यो दिन तिमी नामको पछि होइन नाम र सम्मान तिम्रो पछि लागेर आउने छ ।

०००

खोलाचन्द फाप्री, जलपाइगुढ़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x