साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुट्टिट्याऊँले थामेको देश

केही कुराको ठेगान छैन यसको के भर छ ? नढाँटी भन्नुहोस् त- यसलाई देशको डर छ कि देशलाई यसको डर छ ? जिते नै पनि यो हुट्टिट्याऊँले देशको लागि के गर्छ ?

Nepal Telecom ad

ऊसले हार्यो भने देशले हार्छ
ऊ गुम्यो भने देश गुम्छ
ऊ संकटमा परे
देश संकटमा पर्छ
हैन यो चाटुकारले गर्न चाहीं के गर्छ ?
ऊ सिध्दियो भने
देशै सिद्धिन्छ
हामी सबै सिद्धिन्छौं
सकिन्छौं
भन्छ- अब संकट आइपर्छ
हैन यो पुतलीले गर्न चाहिं के गर्छ ?

उसले फट्याँई गरे जनताले गरेको
उसको आवाज- जनताको आवाज
अरूले बिरोध गरे भ्रम छरेको
राम्रो काम गर्नेको रीस गरेको
उसले जिते जनताले जिताएको
अरूले जिते संकटकाल आएको !
ऊ सत्तामा पुगे परिवर्तन आयो
ऊ सत्तामा नपुगे देशले दुख पायो
हाय ! हाय !
कतिलाई त
अझै ऊही मन पर्छ
हैन यो हाँकेले देशको लागि के गर्छ ?

ऊ बाहेक छैन कोही
ऊ बाहेक सबै देशद्रोही
लाज छैन घिन छैन
उसले पछुतो मानेको दिन छैन
जे बोले पनि भो
जे गरे पनि भो
जनताका आँखामा जति
धुलो छरे पनि भो !
सत्तामैं पुर्‍याए पनि
आफै सडकमा झर्छ
अब भन्नुहोस् त
यस्ता पाजीले
देशको लागि के गर्छ ?

कति ज्याद्रो हो
कति थेत्तरो हो
चरित्र छ महा चोट्टाको
भिरिरहेछ ट्याग महायोद्धाको !
आफूलाई के ठान्छ ?
अरूलाई के ठान्छ ?
हैन यसले खान चाहिं के खान्छ ?
लुट्नु लुटिसक्यो त अब के चाहन्छ ?
भन्छ –
‘हामी हार्नु राम्रो हैन
देशको भविष्य सुन्दर छैन’
साँचों त बोल्नै छोड्यो
बोली पिच्छे झुट हुन्छ
झुटको कुरो झुट बाहेक
अब कसले किन सुन्छ ?
झुटले हार्दा देश कसरी
के कारणले अस्थिर हुन्छ ?
अरूको भरै गर्दैन
यसको चाहिं के भर छ ?
जिते नै पनि यो छेपारेले
गर्न चाहिं के गर्छ ?

केही कुराको ठेगान छैन
यसको के भर छ ?
नढाँटी भन्नुहोस् त-
यसलाई देशको डर छ कि
देशलाई यसको डर छ ?
जिते नै पनि यो हुट्टिट्याऊँले
देशको लागि के गर्छ ?

०००

भर्जिनिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x