साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिक शेयरको बजारभाउ

पोहोर परार केपी ओलीको सेयर नबेची राख्ने हुँदा ख्वात्तै घटेर सगरमाथाबाट भ्यूटावरमा सीमित भो !

Nepal Telecom ad

माकुनेबाट उछिट्टे पछि अलिकति लगानी योगेसमा पनि गरेको थें । यो दुई साता अघि योगेसको सेयर झिकेर प्रेम आलेमा इन्भेस्ट गरेको भए दोब्बर हुने रहेछ ! अब त के काम र बढ्ने जति ह्वात्तै बढी गो । फेरि यो धेर दिन टिक्ने खालको सेयर हुँदै होइन । पोहोर परार केपी ओलीको सेयर नबेची राख्ने हुँदा ख्वात्तै घटेर सगरमाथाबाट भ्यूटावरमा सीमित भो ! अस्ति शेखर र शेरबहादुरमा चाहीं खासै फरक नदेखेर शेर बहादुरमै छोड्दि राखेको थें ह्वात्त बढ्यो दुई चार दिन । तर यो लोदर ठाऊँमा इन्भेस्ट गरेछु । हत्पत बढ्दै बढ्दैन ।

त्यत्ति नै खेर त्यो बेचेर राजेन्द्र लिंगदेनमा इन्भेस्ट गरेको भए सत् प्रतिसतले बढ्ने रहेछ । तर यो पनि यसैमा रहिरहे घाटा हुने सेयर हो । यो कम्पनीको नयाँ ड्रीम प्रोजेक्ट भनेको पहिले नै असफल भइसकेको पुरानो राजा ल्याउने हो । कामै छैन ।

हेर्नुहोस् लगानी गर्ने गतिलो ठाऊँ नै छैन भन्या । झलनाथ र माकुने भनेका टाट पल्टेका कम्पनी परे । प्रचन्ड कम्पनीले इनसाइड सेल पटक पटक गरेकाले जनता तर्सिसकेका छन् । यो कम्पनीसँग आफ्नो सपना थ्यो भने आफै आफ्नो साख किन बार बार बेचिरहन्थ्यो ? अनेक प्रोपोगान्डा गरेर सेयरको भाऊ बढाउने अनि आफै अबसर लुट्ने यसको प्रवृत्तिबाट सबै लगानीकर्ता पीडित छन् ।

रविन्द्र मिश्रको शेयर भ्याल्यु आइपिओ खुलेको भन्दा पचास प्रतिसत माइनसमा छ । यो पनि जोखिम नै देखिन्छ । यसमा लगानी गरेर पनि पार लाग्छ जस्तो देखिंदैन । बाबुराम कम्पनी जनतालाई धोका दिएर टाट पल्टेको अर्को कम्पनी हो जस्लाई कम्पनी नभने पनि हुन्छ ।

गाह्रो छ । कहाँ लगानी गर्ने ? गतिलो ठाऊँ नै छैन ।

भर्जिनिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x