सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मलाई चिन्नुभयो ?

कोही अन्यायमा मर्‍यो भने - अजम्बरी को छ ?- भनिदिन्छु चोरेको चाल पाए- यहाँ नचोर्ने को छ ?- भनिदिन्छु दिमाग किन ख्याउँछु ? सकेको सबै भ्याउँछु मलाई चिन्नुभयो ?

Nepal Telecom ad

मणि भट्टराई :

जल्न जानेको छु
बदल्न होइन
भत्काउन जानेको छु
बनाउन होइन
मलाई चिन्नुभयो ?

बन्दूक चाहिँदैन मलाई
भाला, खुँडा, खुकुरी चाहिँदैन
गर्दन काट्नु पर्दैन
म कुरा काटेरै मान्छे मार्न सक्छु
मलाई चिन्नुभयो ?

म अर्काको घर सल्काएर
हिउँद काट्न सक्छु
म धुरी चढेर
संसार हाँक्न सक्छु
मलाई चिन्नुभयो ?

म गरीबलाई नै ठगेर
गरीबकै पक्षमा बोल्न सक्छु
कम्ता बाठो छु
म दल्नकै लागि दल खोल्न सक्छु
मलाई चिन्नुभयो ?

कोही अन्यायमा मर्‍यो भने –
अजम्बरी को छ ?- भनिदिन्छु
चोरेको चाल पाए-
यहाँ नचोर्ने को छ ?- भनिदिन्छु
दिमाग किन ख्याउँछु ?
सकेको सबै भ्याउँछु
मलाई चिन्नुभयो ?

देश प्रकृतिले नै धनी छँदैछ
वीर त हाम्रा पूर्खाहरू नै छँदै थिए
ज्ञान हाम्रै शास्त्रमै कति छ कति
मलाई के को अभाव छ
सब कुराको रवाफ छ
मलाई चिन्नुभयो ?

०००
भर्जिनिया, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख