साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई चिन्नुभयो ?

कोही अन्यायमा मर्‍यो भने - अजम्बरी को छ ?- भनिदिन्छु चोरेको चाल पाए- यहाँ नचोर्ने को छ ?- भनिदिन्छु दिमाग किन ख्याउँछु ? सकेको सबै भ्याउँछु मलाई चिन्नुभयो ?

Nepal Telecom ad

मणि भट्टराई :

जल्न जानेको छु
बदल्न होइन
भत्काउन जानेको छु
बनाउन होइन
मलाई चिन्नुभयो ?

बन्दूक चाहिँदैन मलाई
भाला, खुँडा, खुकुरी चाहिँदैन
गर्दन काट्नु पर्दैन
म कुरा काटेरै मान्छे मार्न सक्छु
मलाई चिन्नुभयो ?

म अर्काको घर सल्काएर
हिउँद काट्न सक्छु
म धुरी चढेर
संसार हाँक्न सक्छु
मलाई चिन्नुभयो ?

म गरीबलाई नै ठगेर
गरीबकै पक्षमा बोल्न सक्छु
कम्ता बाठो छु
म दल्नकै लागि दल खोल्न सक्छु
मलाई चिन्नुभयो ?

कोही अन्यायमा मर्‍यो भने –
अजम्बरी को छ ?- भनिदिन्छु
चोरेको चाल पाए-
यहाँ नचोर्ने को छ ?- भनिदिन्छु
दिमाग किन ख्याउँछु ?
सकेको सबै भ्याउँछु
मलाई चिन्नुभयो ?

देश प्रकृतिले नै धनी छँदैछ
वीर त हाम्रा पूर्खाहरू नै छँदै थिए
ज्ञान हाम्रै शास्त्रमै कति छ कति
मलाई के को अभाव छ
सब कुराको रवाफ छ
मलाई चिन्नुभयो ?

०००
भर्जिनिया, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x