साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोजा

ए नेता ! ए समाजसेवी !! ए व्यापारी ! ए लेखक, कलाकार, ए बुद्धिजिवी !!! ए गायक ! नायक !! ए धर्मगुरु !!! तँ चाहे जो होस् तेरो मनपरीदेखि म थाकिसकेँ मलाई ख्याल गर ख्याल् ख्याल् नगर ।

Nepal Telecom ad

मणि भट्टराई :

मोजा हुँ म मोजा
तैंले छिपाइ राखेको
तेरो जुत्ता हुन नसकेको मोजा
कुनै दिन म गन्हाउन सक्छु
तेरो घरभरी
गाऊँभरी, सहरभरी, बजारभरी ।

तेरो मनोरन्जनको गीत हुँ म
गा कतिखेर गाउन मन लाग्छ
चुइगम हुँ म तेरो टाइमपासको
टोक, खेला
अर्थात् पड्का जतिखेर पड्काउन मन लाग्छ ।

तँ झुठको एक पुलिन्दा
फँसे म तँलाई नचिन्दा ।

तेरो यौवनको माग हुँ म
तेरो व्यक्तित्वको दाग हुँ म
सोच्दा सोच्दै बहुलाउन खोज्छस् बेला बेला
तेरै व्यभिचार दिमाग हुँ म
कतिन्जेल लुकाउँछस् लुका
तेरो रुग्ण यौन, रतिराग हुँ म ।

मोजा न हुँ म मोजा
तैले छिपाइ राखेको
तेरो जुत्ता हुन नसकेको मोजा
कुनै दिन म गन्हाउन सक्छु
तेरो घरभरी
गाउँभरी, सहरभरी, बजारभरी ।

ए नेता !
ए समाजसेवी !!
ए व्यापारी !
ए लेखक, कलाकार, ए बुद्धिजिवी !!!
ए गायक ! नायक !! ए धर्मगुरु !!!
तँ चाहे जो होस्
तेरो मनपरीदेखि म थाकिसकेँ
मलाई ख्याल गर
ख्याल् ख्याल् नगर ।

००
खुट्टेटिप्पणी :
मोजा कान्ड भाइरल भएछ फेरि बजारमा । मोजाको विद्रोह निरन्तर जारी छ । जुत्ता पनि हुन नसकेका मोजाहरू अदालत पुगेर बयान दिन थालेपछि खुट्टाहरू तह लाग्दैछन् । जय मोजा ! – मणि

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x