सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोजा

ए नेता ! ए समाजसेवी !! ए व्यापारी ! ए लेखक, कलाकार, ए बुद्धिजिवी !!! ए गायक ! नायक !! ए धर्मगुरु !!! तँ चाहे जो होस् तेरो मनपरीदेखि म थाकिसकेँ मलाई ख्याल गर ख्याल् ख्याल् नगर ।

Nepal Telecom ad

मणि भट्टराई :

मोजा हुँ म मोजा
तैंले छिपाइ राखेको
तेरो जुत्ता हुन नसकेको मोजा
कुनै दिन म गन्हाउन सक्छु
तेरो घरभरी
गाऊँभरी, सहरभरी, बजारभरी ।

तेरो मनोरन्जनको गीत हुँ म
गा कतिखेर गाउन मन लाग्छ
चुइगम हुँ म तेरो टाइमपासको
टोक, खेला
अर्थात् पड्का जतिखेर पड्काउन मन लाग्छ ।

तँ झुठको एक पुलिन्दा
फँसे म तँलाई नचिन्दा ।

तेरो यौवनको माग हुँ म
तेरो व्यक्तित्वको दाग हुँ म
सोच्दा सोच्दै बहुलाउन खोज्छस् बेला बेला
तेरै व्यभिचार दिमाग हुँ म
कतिन्जेल लुकाउँछस् लुका
तेरो रुग्ण यौन, रतिराग हुँ म ।

मोजा न हुँ म मोजा
तैले छिपाइ राखेको
तेरो जुत्ता हुन नसकेको मोजा
कुनै दिन म गन्हाउन सक्छु
तेरो घरभरी
गाउँभरी, सहरभरी, बजारभरी ।

ए नेता !
ए समाजसेवी !!
ए व्यापारी !
ए लेखक, कलाकार, ए बुद्धिजिवी !!!
ए गायक ! नायक !! ए धर्मगुरु !!!
तँ चाहे जो होस्
तेरो मनपरीदेखि म थाकिसकेँ
मलाई ख्याल गर
ख्याल् ख्याल् नगर ।

००
खुट्टेटिप्पणी :
मोजा कान्ड भाइरल भएछ फेरि बजारमा । मोजाको विद्रोह निरन्तर जारी छ । जुत्ता पनि हुन नसकेका मोजाहरू अदालत पुगेर बयान दिन थालेपछि खुट्टाहरू तह लाग्दैछन् । जय मोजा ! – मणि

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x