साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर चुट्किला

खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ ।

Nepal Telecom ad

“खलाँसीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो- “हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !”

मैेले भनेँ- हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ?
तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो । अर्को स्टेशनमा त्यो अपरिचित झर्यो । त्यसपछि मैले खै के झिक्न पाइन्टको गोजीमा हात लगेको त दिमाग चकराए झैँ भयो । पकेटमारा रहेछ, पाइन्टको पछाडिको खल्तीमा भएको पैसा सबै लिएर झरेको रहेछ ।

केही दिन पछि मैले त्यो चोरलाई बजारमा भेटेँ । चोर मलाई अँगालो हालेर रुँदै भन्यो- हजुर ! मलाई माफ गर्नुस् ! हजुरको पैसा चोरेको बेलुका नै मेरी श्रीमती र छोरी एकाएक मरे । सायद मेैले चोरी गरेको पापले हो कि ? माफ गर्नुस् हजुर ! यो अभागीलाई माफ गर्नुहोस् ।

उसको कुरा सुनेर म पग्लिएँ । हृदय ठूलो बनाएर माफी दिएँ । चोर गयो तर अँगालो हालेर रुँदै माफी माग्ने बेला मेरो कमिजको खल्तीबाट फेरि पनि सबै पैसा चोरेर लगेछ ।

केही दिनपछि म कामविशेषले मोटरसाइकलमा कतै जाँदै थिएँ, बाटोमा त्यही चोरले मलाई रोक्यो । चोरले फेरी पनि रूँदै माफी माग्यो अनि चोरेको सबै पैसा फिर्ता पनि गरिदियो । त्यसपछि त्यो चोरले मलाई नजिकैको होटलमा लग्यो, मलाई चिया नास्ताको व्यवस्था गरिदियो अनि विदा माग्यो र निस्कियो । खाइसकेपछि जब म बाहिर निस्केँ, न त गोजीमा चाबी थियो न त रोकेको ठाउँमा मोटरसाइकल । चोरले यसपटक त मेरो मोटरसाइकल नै उछिट्याएछ ।”

ठ्याक्कै यही चोरको हालत नेपालका काङ्ग्रेस र कम्युनिस्ट पार्टीमा देखिएको छ । सोझा साझा जनताले यिनीहरूलाई हरेक पटक विश्वास गरे तर यिनीहरू हरेक पटक नयाँ नयाँ तरिकाले जनतालाई नै लुटिरहेका छन् !
मंसिर ४ मा फेरि नाटक मंचन भयो । समयमै चेतना खुलोस नेपाली जनताको ।

०००
– सञ्जालतिर मडारिइरहेको

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x