साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘स्मार्ट सिटी’ हेटौँडा

फूलैफूलको शहर बनाउँछु भन्छन् तर एउटा झारसम्म उखेल्दैनन् व्यापारीहरू सामानको भाउ बढाउँछन् छड्के गर्ने निकायले छड्के नामको नाटक मञ्चन गर्छन् ।

Nepal Telecom ad

म अहिले ‘स्मार्ट सिटी’ हेटौँडामा बसेको छु
र यहाँ बस्नुको भरपूर आनन्द लिइरहेको छु ।

मान्छेहरू सडकमा कुकुर पाल्छन्
कुकुरहरू पनि हिँडिरहेका बटुवालाई झम्टिन्छन्
कोपर्छन् र लखेट्छन्
म यो दृश्य छिनछिनै देखिरहेको छु
आफूलाई नेता भन्नेहरू
ती कुकुरभन्दा पनि अझ घटिया छन्
आफूले टिकट नपाएपछि
भित्रभित्र प्रतिद्वन्द्वीहरूसँग मिल्छन्
आफ्नै साथीलाई चुनावमा हराउँछन्
र आत्मरतिमा रमाउँछन्
म यो दृश्य पनि बेला बखत हेरिरहेको छु ।

साहित्यकारहरू साहित्यकारहरूकै उछित्तो काढ्छन्
कसैले राम्रो लेख्यो भने डाहा गर्छन्
कसैले नाम कमायो भने तल झार्ने उपाय सोच्छन्
नाम फेर्नू भनेर सल्लाह दिन्छन्
अँध्यारो कुनामा बसेर जाल बुन्छन्
उसको विरुद्धमा ज्यान फालेर लाग्छन्
कार्यक्रममा बोलाएर बेइज्जत गर्छन्
शब्दलाई बङ्ग्याएर अनर्थ लाउँछन्
छापाहरूमा जथाभाबी ओकल्छन्
इतिहासलाई लुकाउँछन् र सके भने मेट्छन्
म यो ‘पराक्रम’सँग पनि बारम्बार जम्काभेट गरिरहेको छु ।

जनप्रतिनिधिहरू ठुलठूला कुरा गर्छन्
आकाशपाताल जोड्छन्
बाटोभरि खाल्डैखाल्डा छन्
पुर्दैनन् तर धक्कू भने चन्द्रमामा बस्ती बसाउने देखाउँछन्
फूलैफूलको शहर बनाउँछु भन्छन्
तर एउटा झारसम्म उखेल्दैनन्
व्यापारीहरू सामानको भाउ बढाउँछन्
छड्के गर्ने निकायले छड्के नामको नाटक मञ्चन गर्छन्
अनि उल्टै भाउ बढाउनेसँग पकेट खर्च लिएर बिदा हुन्छन्
जनताहरू “जुन जोगी आए पनि कानै चिरेका” भनिरहेछन्
म यो तथ्यसँग पनि दिनदिनै गुज्रिरहेको छु ।

०००
२०७९ मङ्सिर ११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x