साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश गनाउने जाँडका घ्याम्पाहरू

अघिसम्म जसको सत्तोसराप गरिँदै थियो त्यसलाई धनुष्टङ्कार नमस्कार गर्न तँछाडमछाड पो भयो ।

Nepal Telecom ad

साथीहरूसँग बसेको बेला
घाँटीबाट सोमरस पसेको बेला
त्यसैत्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरू देश गनाउने किन होला ?

जतिजति सोमरस चढ्न थाल्यो
उतिउति नेताका सहस्रनाम पाठ बढ्न थाल्यो
जिब्रो पनि अगाडिको सितनभन्दा
पछाडिको नेताको सरापतिर पो बढ्न थाल्यो ।

नेतालाई सराप्न तँछाडमछाड चल्यो
सराप कम्पिटिसनमा नेता सराप्न उसले उसलाई उछिन्यो
जिब्रो जति लरबराओस् तर
’त्यो साले गधा कुक्कुर नेता’ यति पाठ त प्रस्टै गयो ।

टुप्लुक्क त्यही बेला त्यही सरापिएको नेता आइपुग्नुभयो
सिगै चार बोतलको रक्सीले पनि चट्टक्कै छोडेर गयो
अघिसम्म जसको सत्तोसराप गरिँदै थियो
त्यसलाई धनुष्टङ्कार नमस्कार गर्न तँछाडमछाड पो भयो ।

सबैको हात त्यसै नेतालाई मालिस गरुँला झैं गर्न थाले
नेताले आउँ झारे पहिले मै चाटुला झैं गर्न थाले
सप्पैका ढाड त्यसै त्यसै दोब्रिएर नेताको घुँडा ताक्न थाले
सप्पैको जिब्रो भोको कुकुरको जस्तै झुन्डिएर रयाल काढ्न थाले ।

के चित्त बुझेन र नेता स्वाट्ट बाहिरिनुभयो
नेताबाट अस्वीकृत सबै फेरि आफ्नो आसनमा थेचारिनुभयो
‘देश लुट्ने ज्यानमारा यही त हो नि !’ एउटाले प्याच्च भन्यो र घुट्क्यायो
’देश यसैले खत्तम पार्या हो’ भन्दै अर्कोले मुठी उज्यायो र गिलास रित्यायो ।

साथीहरूसँग यसरी बसेको बेला
घाँटीबाट सोमरस त्यसरी पसेको बेला
त्यसैत्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरू देश गनाउने किन होला ?

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x