सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेतालाई तपाइँ काम नगर्ने भन्नुहुन्छ ?

आफ्नो पुरुषार्थ भन्दै हुनुहुन्छ, उपलब्धि गन्दै हुनुहुन्छ । कम काम गरेछन् त नेताले बिगत दुई दशकमा ? यत्रो उपलब्धि ल्याउने नेतालाई तपाइँ काम नगर्ने भन्नुहुन्छ ?

Nepal Telecom ad

के तपाइँले थाहा पाउनु भयो ?
हाम्रो राष्ट्रियता त खतरामा परेछ,
देश त गम्भीर सङ्कटमा पो रहेछ,
देशमा विदेशी चलखेल बढेछ ।

पत्याउनुहोस् न,
मैले रेडियोमा सुनेको, टिभीमा देखेको
अस्थाई संविधानको कुरा भए म पनि पत्याउन्न थिएँ
स्थायी ठूलै जिम्मेवार नेताले नै भनेको ।

साँचै भनेको, राष्ट्रियता खतरामा छ अरे
देश गम्भीर अवस्थामा छ अरे
देशमा विदेशी चलखेल बढेको छ अरे
कसको नेतृत्वमा देश यो अवस्थामा पुगेको हो अरे ?

पाप धुरीबाट कराउँछ भन्थे,
नेताजी त रेडियो र टिभीबाट पो कराउँदै हुनुहुन्छ
जनतालाई साबिती बयान दिँदै हुनुहुन्छ
आफ्नो पुरुषार्थ भन्दै हुनुहुन्छ,
उपलब्धि गन्दै हुनुहुन्छ ।

कम काम गरेछन् त नेताले बिगत दुई दशकमा ?
यत्रो उपलब्धि ल्याउने नेतालाई
तपाइँ काम नगर्ने भन्नुहुन्छ ?

०००

बत्तिसपुतली, काठमाडौं

पहिलाेपटक प्रविष्ट भएकाे  मिति :  माघ १४, २०७०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अमर रहोस्

अमर रहोस्

चट्याङ मास्टर
कमाउने कि समाउने ?

कमाउने कि समाउने ?

चट्याङ मास्टर
सरकारी मोटर

सरकारी मोटर

चट्याङ मास्टर
धारा

धारा

चट्याङ मास्टर
अमर रहोस्

अमर रहोस्

चट्याङ मास्टर
कमाउने कि समाउने ?

कमाउने कि समाउने ?

चट्याङ मास्टर
सरकारी मोटर

सरकारी मोटर

चट्याङ मास्टर
धारा

धारा

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x