साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता र नाटक !!

हाम्रो/तिम्रो नेताले जनतालाई मधेसी बनायो पहाडे बनायो जनजाति र दलित बनायो दशनामी र खस आर्य बनायो तर नेपाली कहिल्यै बनाएन !!

Nepal Telecom ad

तिम्रो नेता सीमानामा बसेर
भूकम्पले देश हल्लाएको बेला
घरबार ढलाएको बेला
आफ्नै देशलाई नाकाबन्दी गर्छ

मेरो नेता त्यही नाकाबन्दीको
विरोधमा जेहाद छेड्छ
क्रान्तिकारी भाषण गर्छ
अचम्मको राष्ट्रवादी बन्छ ।

तिम्रो राजनेता
मधेसको मसिहा बन्छ
उत्पीडन विरुद्ध आगो ओकल्छ
संविधानमा अझै विभेद छ भन्छ
अनि संविधान पोल्छ ।

मेरो नेता यो संविधान उत्कृष्ट भन्छ
अधिकार सम्पन्न छ भन्छ
र दीपावली गर्छ ।

हाम्रो/तिम्रो नेताले
जनतालाई मधेसी बनायो
पहाडे बनायो
जनजाति र दलित बनायो
दशनामी र खस आर्य बनायो
तर नेपाली कहिल्यै बनाएन !!

एक थान संविधान आउँदा
तिम्रो नेता ब्ल्याक आउट गर भन्छ
मेरो नेता दीपावली गर भन्छ
तिमी हामीलाई
सँगै बसेर छलफल गर भन्दैन !

तिम्रो/हाम्रो नेताका
अनेकौ रूप हुँदा रहेछन् !
पर्दा बाहिर एउटा
पर्दा बाहिर अर्कै
नेपथ्यमा अनेकौँ
नाटकको पटाक्षेप जस्तो
आफ्नो ताल छैन
आफ्नो चाल छैन
कठपुतली जस्तो !!

र हिजो आज
फेरि अर्को नाटकको पटाक्षेप भएको छ
ब्ल्याक आउट गर्न लगाउने
र दीपावली गर्न लगाउने
नाकाबन्दी गर्न लगाउने
र राष्ट्रवादी भनाउने
मधेसका मसिहा
र राष्ट्रवादका मसिहा
एकाएक एकाकार भएका छन्
अध्यादेशको बाढी ल्याएर
संविधान बगाउँदै छन् !!

हे हिमाली !
हे पहाडी !
हे मधेसी !
हो हामीलाई पहिचान चाहिन्छ
आत्मसम्मान चाहिन्छ
तर हामीलाई
हिमाल सहितको
पहाड सहितको
तराई मधेस सहितको
सिङ्गो देश भन्ने नेता चाहिन्छ
सबैको पहिचान सहितको संविधान चाहिन्छ
संविधान सँगै सद्भाव
अनि अखण्ड नेपाल चाहिन्छ !!

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x