साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वहारा मारा भए

तल-माथि खरानीको धोक्रो कमाउने माथिमाथि पुगेका छन् खोक्रो बनाउने । यस्तो चाला चलाउने सर्वहारा मारा भन्ने गर्थे खसाल्दिन्छु आकाशका तारा ।

Nepal Telecom ad

सर्वहारा मारा भए भकारीमा बस्ने
‘गाई मारी गधा पोस्ने’ दरबारमा पस्ने ।
कोही भए घुम्ने कुर्सी घुमाएर डस्ने
जनताको पसिनामा कमाएर कस्ने ।

किसानले खेती गर्न मल-बिउ खोज्छ
टाउकेले कमिसन खान मात्रै रोज्छ ।
ज्यानमारा अत्याचारी बचाउँछ कल्ले ?
कर्मनिष्ठ सदाचारी पन्छाउँछ जल्ले ।

घर पोली खरानीको थुप्रो बनाउँदै
बेच्नेहरू ठूला भए डुङ्ग गनाउँदै ।
भ्रष्टाचारी, दुराचारी छुटाउन थाले
सदाचारी सोझालाई कुटाउन थाले ।

तल-माथि खरानीको धोक्रो कमाउने
माथिमाथि पुगेका छन् खोक्रो बनाउने ।
यस्तो चाला चलाउने सर्वहारा मारा
भन्ने गर्थे खसाल्दिन्छु आकाशका तारा ।

जनताले भन्दैछन् किन ?
करमाथि कर तिर्न सकिन ।

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x