साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो राष्ट्रवाद

मेरो राष्ट्रवादलाई कसैको भजन गाउनु छैन छिमेकीको दैलो धाउनु छैन सुन बग्ने खोला बालुवाको दाममा बेच्ने सकुनीहरुसँग मित लाउनु छैन ।

Nepal Telecom ad

मेरो राष्ट्रवाद साउनको भेल होइन
हिउँदको खहरे होइन
बेमौसमी बाजा होइन ।

मेरो राष्ट्रवाद
चुनाब जित्ने खेल होइन
बिरोधी झुक्याउने झेल होइन
आफ्नो नालायकी ढाक्नलाई
देशप्रेमको ढोल पिट्ने धुर्त नेताको भाषण होइन
स्वार्थीहरूको जालोमा ईमान फसेको
कथामा बन्ने फिल्मी सिक्वेल होइन ।

मेरो राष्ट्रवादको
कुनै ऋतु छैन
यसले कहिलै रङ फेर्दैन
आफ्नो स्वार्थको भाँडो भर्न
कसैको आशिर्वादको भर पर्दैन
मेरो राष्ट्रवादलाई
कसैको भजन गाउनु छैन
छिमेकीको दैलो धाउनु छैन
सुन बग्ने खोला बालुवाको दाममा बेच्ने
सकुनीहरुसँग मित लाउनु छैन ।

मेरो राष्ट्रवादमा
मेरा कर्मठ हातका पसिनाको गन्ध छ
मेरी जननीको मौलिक लयको छन्द छ
भाषणबाजी र सस्ता नाराको चैते बतास होइन
समर्पण र सहअस्तित्वको बसन्त छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x