साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चाहियो किताब तिनीहरूलाई ?

ऋणको भारले थिचिनु छ ढाँट्ने र लुट्नेहरूको धेराबन्दीमा फस्नुछ अनि, गन्तव्यहीन भएपछि सरकार हिंड्ने बाटो अगाडि दिन दहाडै शरीरमा पेट्रोल खन्याएर जल्नुछ ।

Nepal Telecom ad

किन चाहियो किताब तिनीहरूलाई
जसले भोलि पार्टीको झण्डा बोक्नु छ,
पार्टीको झोला बोक्नु छ
नेताको नुनको सोझो गर्नु छ ।
वा,
बिचौलिया हुनु छ
माफिया हुनु छ
सिन्डिकेट चलाउनु छ
वा,
ऋण गर्नु छ
विदेश भासिनु छ
बाकसमा फिर्नु छ ।
वा,
जागीर खोज्नु छ पाउनु छैन
दुख गरेर दुइ पैसा जोर्नु छ
लगानी गर्नु छ तर लगानी डुबाउनु छ
किन कि लुटिनु छ ।
हेपिनु छ
पल पलमा बेचिनु छ
अन्यायीको अपहरणमा पर्नुछ
अनि न्यायले आँखा चिम्म गरेको टुलुटुलु हेरेर बस्नुछ ।
ऋणको भारले थिचिनु छ
ढाँट्ने र लुट्नेहरूको धेराबन्दीमा फस्नुछ
अनि, गन्तव्यहीन भएपछि
सरकार हिंड्ने बाटो अगाडि
दिन दहाडै
शरीरमा पेट्रोल खन्याएर
जल्नुछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x