साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चट्याङ मास्टरको जन्मोत्सव : ‘चट्याङ ७०-२०७९’

पाठशाला नेपालको सभाकक्षमा आयोजित उक्त कार्यक्रमा हास्यव्यङ्ग्य क्षेत्रका व्यक्तिहरूले चट्याङ मास्टरलाई शुभकामना व्यक्त गरे ।

Nepal Telecom ad

काटमाडौं, १४ फागुन । सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष चट्याङ मास्टरको जन्मदिवसको अवसरमा सिस्नुपानीले ‘चट्याङ सत्तरी- २०७९’ को ब्यानरमा रमाइलो कार्यक्रमको आयोजना गर्‍यो । पाठशाला नेपालको सभाकक्षमा आयोजित उक्त कार्यक्रमा हास्यव्यङ्ग्य क्षेत्रका व्यक्तिहरूले चट्याङ मास्टरलाई शुभकामना व्यक्त गरे ।

सिस्नुपानीका जेठा संस्थापकको जन्मदिवसलाई उज्यालो पार्न माहिला संस्थापक थरेन्द्र बरालले शुभकामना स्वरुप दीप प्रज्वलन गरेपछि अनौपचारिक ढङ्गले कार्यक्रम आरम्भ गरियो ।

आरम्भमै चट्याङ मास्टर र रमेश खकुरेलले संयुक्त रूपमा. डा. मुकेश चालिसेद्वारा लिखित ‘मानिला मान्छेका धामा’ नामक कृतिको लोकार्पण गर्नुभयो । लोकार्पित कृतिको रचनागर्भ उल्लेख गर्दै चट्याङकै अभिप्रेरणा र फित्कौली डटकमको साप्ताहिक उकेराका कारण यो कृतिकाे रचना भएको बताउनु भयो ।

सिस्नुपानीका साहिँला संस्थापक नरनाथ लुइँटेलले चट्याङ मास्टरको व्यक्तित्वमाथि प्रकाश पार्दै २५ वर्ष लामो सहयात्रामा आफूले चट्याङ मास्टरमा फेलापारेको प्रत्युत्पन्न मति र चट्याङको राष्ट्रिय अन्तर्राष्ट्रिय योगदानलाई संस्लेषित रूपमा प्रकाश पार्नु भयो ।

जेष्ठ र श्रेष्ठ कवि रमेश खकुरेल, उमेरले जेष्ठ हास्यव्यङ्ग्यकार डम्बर घिमिरे र बालप्रतिनिधिद्वारा चट्याङलाई सम्मान एवम शुभकामना स्वरूप पुष्पहार पहिर्‍याइएको थियो । उहाँहरूलाई मञ्चासनमा साक्षी राखेर भिन्न भिन्न विषक्षेत्रमा लेखिएका चट्याङका कविता प्रस्तुत गरियो ।

हरिकला उप्रेतीले चट्याङको व्यक्तित्वमा आधारित कविता प्रस्तुतिपछि गायक कमलीकान्त भेटुवालको गीति प्रस्तुति थियो ।

कार्यक्रममा मनोज गजुरेल, अनिल पौडेल कीर्ते, चक्र दवाडी र लक्ष्मण गाम्नागेले चट्याङ मास्टरका उत्कृष्ट हास्यव्यङ्ग्य कविता वाचन गरेका थिए ।

कार्यक्रमको अन्तमा चट्याङ मास्टरले सास फेर्नु मात्र बाँच्नु होइन भन्दै समाज र राष्ट्रका निमित्त केही न केही योगदान दिनु नै मरेर पनि बाँचिरहनुको सार्थकता रहन्छ भन्नुभयो । आफ्नो जन्मदिनलाई यति अविस्मरणीय बनाइदिएकामा सिस्नुपानी नेपाल र सहभागी सबै विशिष्ट महानुभावहरूमा आभार व्यक्त गर्नुभएको थियो ।

सरोज घिमिरेले मनमोहक ढङ्गले सहजीकरण गरेको कार्यक्रम निर्धारित समयमै शुरु भई निर्धारित समयमै समापन गरिएको थियो ।

०००
– फित्कौली डटकमका लागि गौरव लुइँटेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x