सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म त अमेरिकन नेपाली हजुर

पुरानो भएपछि यहाँको नियम जान्ने भइन्छ नयाँ आउने लाई “गँवार” को बिल्ला लाइन्छ ताल पर्‍यो भने पहिलो भेटाइमा नै नयाँ नेपालीलाई दुई चोटीसम्म नमस्कार गर्न लाइन्छ ।

Nepal Telecom ad

आकाङ्क्षाको बाडीले या अवसरको खडेरीले
आमाका आँसुतिर आँखा चिम्लेर
डलर कमाउने सपनाको
मुते न्यानोमा रमाउन
प्रवासतिर हराएको
म त अमेरिकन नेपाली हजुर !

दसौं वर्ष भयो अमेरिका बसेको
तर घरेलु लत छोड्नै नसकेको
साँच्चै, विदेशिए पनि मैले देशलाई छोडेको छैन ।
आफ्नो पार्टीसँग खाएको कसम तोडेको छैन
अमेरिकाका सहर सहरमा पार्टीका शाखा खोलेको छु
विरोध गर्नेलाई पोलेको छु
गफै गरेर त खान पाइदैन यहाँ
तै पनि आफ्नो पार्टीको पक्षमा बोलेको छु ।
आफन्तहरूको झुण्ड बनाएर भगिनी संगठन खोलेको छु ।

अमेरिका छिरेपछि अलिक बेग्लै नेपाली भइँदो रैछ
आफूलाई माथि बाँकी सबैलाई तल देखिँदो रैछ
अझ पुरानो अमेरिकन नेपाली हुनुको त मज्जै बेग्लै
मान्छेहरूको भिडमा आफू भने एक्लै ।
पुरानो भएपछि यहाँको नियम जान्ने भइन्छ
नयाँ आउने लाई “गँवार” को बिल्ला लाइन्छ
ताल पर्‍यो भने पहिलो भेटाइमा नै नयाँ नेपालीलाई
दुई चोटीसम्म नमस्कार गर्न लाइन्छ ।

अझ अमेरिकन नेपाली हुनुको मज्जा देखाउनुमा छ
घर अलपत्र भए पनि दिनैपिच्छे पार्टी धाउनुमा छ
आफूले नखाई नेपालमा गिफ्टको पोको पठाउनुमा छ
अनि दुखको सागरमा डुबे पनि खिसिक्क हाँसे जस्तो गरी
सामाजिक सञ्जालमा अनुहार देखाउनुमा छ ।

०००
अल्बानी, क्यालिफोर्निया

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
झूटको खेती

झूटको खेती

नारायण भट्टराई
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला