साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त अमेरिकन नेपाली हजुर

पुरानो भएपछि यहाँको नियम जान्ने भइन्छ नयाँ आउने लाई “गँवार” को बिल्ला लाइन्छ ताल पर्‍यो भने पहिलो भेटाइमा नै नयाँ नेपालीलाई दुई चोटीसम्म नमस्कार गर्न लाइन्छ ।

Nepal Telecom ad

आकाङ्क्षाको बाडीले या अवसरको खडेरीले
आमाका आँसुतिर आँखा चिम्लेर
डलर कमाउने सपनाको
मुते न्यानोमा रमाउन
प्रवासतिर हराएको
म त अमेरिकन नेपाली हजुर !

दसौं वर्ष भयो अमेरिका बसेको
तर घरेलु लत छोड्नै नसकेको
साँच्चै, विदेशिए पनि मैले देशलाई छोडेको छैन ।
आफ्नो पार्टीसँग खाएको कसम तोडेको छैन
अमेरिकाका सहर सहरमा पार्टीका शाखा खोलेको छु
विरोध गर्नेलाई पोलेको छु
गफै गरेर त खान पाइदैन यहाँ
तै पनि आफ्नो पार्टीको पक्षमा बोलेको छु ।
आफन्तहरूको झुण्ड बनाएर भगिनी संगठन खोलेको छु ।

अमेरिका छिरेपछि अलिक बेग्लै नेपाली भइँदो रैछ
आफूलाई माथि बाँकी सबैलाई तल देखिँदो रैछ
अझ पुरानो अमेरिकन नेपाली हुनुको त मज्जै बेग्लै
मान्छेहरूको भिडमा आफू भने एक्लै ।
पुरानो भएपछि यहाँको नियम जान्ने भइन्छ
नयाँ आउने लाई “गँवार” को बिल्ला लाइन्छ
ताल पर्‍यो भने पहिलो भेटाइमा नै नयाँ नेपालीलाई
दुई चोटीसम्म नमस्कार गर्न लाइन्छ ।

अझ अमेरिकन नेपाली हुनुको मज्जा देखाउनुमा छ
घर अलपत्र भए पनि दिनैपिच्छे पार्टी धाउनुमा छ
आफूले नखाई नेपालमा गिफ्टको पोको पठाउनुमा छ
अनि दुखको सागरमा डुबे पनि खिसिक्क हाँसे जस्तो गरी
सामाजिक सञ्जालमा अनुहार देखाउनुमा छ ।

०००
अल्बानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x