साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सत्ताको मान्छे’ कवितासङ्ग्रह माथि चर्चा

आयोजक पेरोल साहित्य प्रतिष्ठान रहेको यस कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रेणुका भट्टराईले गर्नुभयो भने प्रमुख आमन्त्रितमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, ०७९, चैत ७ । होटल हार्दिक, बागबजारमा आज भएको एक कार्यक्रममा कवि गोपालप्रसाद थपलियाको कवितासङ्ग्रह ‘सत्ताको मान्छे’ माथि अन्तरक्रिया सम्पन्न भएको छ ।

आयोजक पेरोल साहित्य प्रतिष्ठान रहेको यस कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष रेणुका भट्टराईले गर्नुभयो भने प्रमुख आमन्त्रितमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

विशेष आमन्त्रितहरूमा डा. जगतप्रसाद उपाध्याय प्रेक्षित, डा.हेमनाथ पौडेल, गोपाल थपलिया, गोविन्द घिमिरे वेदमणि, विजयध्वज थापा, पुरुषोत्तम दाहाल, देवीप्रसाद ओझा, सुशीला थपलिया हुनुहुन्थ्यो । अन्य उपस्थितहरूमा वैरागी जेठा, हरिप्रसाद सिलवाल, प्रकाश सिलवाल, नन्दबहादुर सुवेदी, प्रेमराज सुवेदी, युुवराज सुवेदी, दिनेश शिवाकोटी, करूण अर्याल, खोलाघरे साहिंलो, राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, मणिराज सिंह, महेशप्रसाद रिजाल, सुरेश वैेद्य, इन्द्रप्रसाद लामिछाने, पुुष्कर लोहनी, छिन्नलता खत्री, सीता दाहाल, राकूम रिमाल, राजु निरौला, पुष्करराज भट्ट, गोपालकृष्ण खरेल, इन्दु पन्त, लक्ष्मी गुरागाईं, हरिकला उप्रेती, भीम उप्रेती, कृष्णकुमार लामिछाने, डा. गोविन्द गुरागाईं, राम मण्डल, पर्वत भट्टराई, घनश्याम पुडासैेनी आदि ५० जनाजति साहित्यकारहरू हुनुहुन्थ्यो ।

पुस्तकमाथि अन्तरक्रिया/चर्चा गर्नेहरूमा सावित्री कक्षपति, डा.हरिप्रसाद सिलवाल, पुरुषोत्तम दाहाल, डा. हेमनाथ पौडेल (पूर्व काव्य विभाग प्रमुख नेपाल प्रज्ञाप्रतिष्ठान), देवीप्रसाद ओझा (पूर्व मन्त्री ), डा.जगतप्रसाद उपाध्याय प्रेक्षित (पूर्व सदस्यसचिव नेपाल प्रज्ञाप्रतिष्ठान) हुनुहुन्थ्यो । सबैले पुस्तकको चर्चा, कवि/ पत्रकार गोपालप्रसाद थपलियाको विमोचित पुस्तकका विशेषताहरू वाहेक प्रज्ञाप्रतिष्ठानमा रहँदाका आआफ्ना अनुभव, अहिले प्रज्ञामा हुँदै गरेका कमजोरीहरू बारेमा समेत प्रसङ्ग जोड्नुभएको थियो ।

अन्तरक्रिया तथा परिचर्चा कार्यक्रम कार्यक्रमको सञ्चालन राजकुमार खड्काले गर्नुभएको थियो ।

०००
– खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x