साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता कतिपय

पहिलेजस्तै गह्रुङ्गा शब्दहरू उनेर सरकारबाट विज्ञप्ति आयो । दुखको कुरा यो छ कि- भोलि सरकारले फेरि अर्को चिन्ता गर्ला थाहा छैन तिनको चिन्ताले कुन विपत्ति पो आइलाग्ने हो ।

Nepal Telecom ad

संप्रस पौडेल :

चुरोट उद्योगीले प्याकेटमा
मुख कुहिएको फोटो छपाएपछि
तिनले गरेको जनस्वास्थ्यको चिन्ता देखेर
एकाएक सरकारको याद आयो ।

फिल्म उद्योगीले रक्सीका बोत्तल चुसेको भिडियो देखाएपछि
अनि सानो अक्षरमा हानिकारक छ है भनेर लेखेपछि
तिनले गरेको जनजनको ज्यानको चिन्ता देखेर
एकाएक सरकारको याद आयो ।

गाँजा मालिक उम्केर भरिया थुनिएको देखेपछि
सुन तस्कर लुकाएर तस्करी घटाउँछु भनेपछि
अनुसन्धान आयोग बनाएर मृतकलाई हत्यारा बनाएपछि
भुसुक्कै बिर्सिसकेको हुन्छु सरकारलाई
तर पनि कहिले कसो मलाई एकाएक सरकारको याद आउँछ ।

कुनै दिन सरकार चिन्तामा थियो
– पहाडमा विकासपछि पहिरो आयो, गाउँ खायो
– वन्यजन्तु जोगाउनाले गाउँ छिरेर बाघले गाउँले खायो
– विदेशमा रोजगारी दिएपछि, युवाको लाश बाकसमा आयो

पहिलेजस्तै गह्रुङ्गा शब्दहरू उनेर
सरकारबाट विज्ञप्ति आयो ।

दुखको कुरा यो छ कि-
भोलि सरकारले फेरि अर्को चिन्ता गर्ला
थाहा छैन तिनको चिन्ताले कुन विपत्ति पो आइलाग्ने हो ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x